२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२० वर्ष पुराना सवारीसाधन ३५ दिनभित्र पत्रु बनाउन वाग्मती सरकारको निर्देशन

२०८०, ९ जेष्ठ मंगलवार ०९:३०

जेठ ९, काठमाडौँ | वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले २० वर्ष नाघेका पुराना सार्वजनिक सवारीसाधनलाई ३५ दिनभित्र पत्रु बनाउन निर्देशन दिएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनका लागि पुराना सवारीलाई पत्रुमा लगेर विस्थापन गर्न लागिएको जनाएको छ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९(४) मा सुरु दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा तीस वर्ष र अन्य सवारीको हकमा बीस वर्ष नाघेका सार्वजनिक सवारीलाई पत्रु गर्नुपर्ने व्यवस्था गरेकाले सो अनुसार यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पत्रु बनाइ सक्नुपर्ने छ । प्रचलित कानुन बमोजिम आफ्नो सवारी साधनको हालसम्म तिर्नुपर्ने राजस्व बुझाई सवारी साधन पत्रु गर्ने कार्य सक्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले पत्रु बनाउनुपर्ने सवारीको संख्या प्रदेशमा ५ हजार बढी रहेको बताए ।

अहिलेपनि पुराना सवारीले धुँवा फालेर वातावरण प्रदुषण गर्दै आएका छन् । तर व्यवसायीको दवावमा केन्द्र सरकार नै माैन रहँदै आएको छ । पुराना सवारीमा इन्धन बढी लाग्ने, दुर्घट्नाको जोखिम बढी हुने र वातावरण प्रदूषण हुने भएकाले वातावरणीय हिसाबले सरकारले पुराना सवारीलाई विस्थापन गर्नुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस