२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गिभिनाले मागिन् माफी– मान्छेबाटै भुल हुन्छ, नर्सिङ पेसालाई चोट पुर्‍याउनु मेरो चाहना थिएन

२०८०, ११ जेष्ठ बिहीबार ०८:२०

जेठ ११, काठमाडौँ | सामाजिक अभियन्ता गिभिना मगरले नर्ससँग सम्बन्धित पछिल्लो घटनामा सार्वजनिक रूपमा माफी मागेकी छन् । बुधबार साँझ उनले दुवै पक्षलाई राखेर भिडियो सन्देशमार्फत माफी मागेकी हुन् ।

योसँगै नर्सहरूको आन्दोलन टुंगिएको छ । पछिल्लो समय नर्सहरूको चरित्र हत्या गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए ।


यस्तो छ गिभिनाको भिडियो सन्देश–

जुन घटना नघट्नु थियो, त्यो घटनाले हामी सबैलाई दुःखी बनाएको छ । सबैलाई दुःखी बनाउने मेरो उद्देश्य पनि थिएन । म एउटा सामान्य घरपरिवारको  छोरी हो । यहाँ अर्चना बुनुलाई नयाँ जीवन दिन्छु भन्ने सोच लिएर आएको थिएँ । तर, त्यहाँ मैले नसोचेको घटना घट्यो, जुन घट्नु हुँदैन थियो । भरतपुर क्यान्सर अस्पतालमा उपचार हुँदै गर्दा यो घटना घटेको थियो ।

त्यहाँ म्याम र मेरो समस्या उब्जेको थियो । त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भएको थियो । म पनि भावनामा डुबेँ । यो औषधि दिने क्रममा टाइमको फरक पर्‍यो भन्ने कुरालाई लिएर हाम्रो समस्या उत्पन्न भएको थियो । सबै कुरा मलाई जानकारी नभएको कारणले गर्दा मैले एउटा बिरामीलाई असर पर्ला भन्ने सोचेर त्यो टाइम किन फरक भयो भनेर प्रश्न गरेको थिएँ । त्यही कारणले गर्दा यो समस्या निम्तिएको थियो ।

यसको लागि सायद मान्छेबाटै भुल हुन्छ, त्यसै कारणले गर्दा  मेरो पनि भुल भएको छ । त्यही भुलले गर्दा धेरैजना जो नर्सिङ पेसामा आबद्ध हुनुभएका नर्सहरूलाई धेरै समस्या आएको छ । त्यो मेरो उद्देश्य र चाहना थिएन ।  मैले नानुलाई बचाउँछु भनेर मात्र आएको थिएँ । तर, एक्कासि थाहै नपाई यो घटना घट्न पुग्यो ।

यसबाट सम्पूर्ण जति पनि नर्सिङ पेसामा आबद्ध हुनुहुन्छ, उहाँहरूको चरित्र हत्या भएको छ । तथानाम गाली पनि गरिएको छ, जुन कुराले नर्सिङ पेसामा आबद्ध हुनुभएको धेरैजनालाई चोट पुगेको छ । यो मैले चाहेको थिइनँ । म आफैँ पनि फ्लोरेन्स नाइटिङगेलबाट प्रभावित भएर समाजसेवामा रहेको थिएँ । म आफैँलाई पनि नर्सिङ पेसामा आबद्ध हुन मन थियो । तर, मेरो आर्थिक अभावले गर्दा त्यो समय मैले पढ्न नपाएको पेसा हो । मलाई नर्सिङ पेसा असाध्यै मन पर्छ ।

तर, अहिले मेरो अन्जानमा भएको भुलले गर्दा सम्पूर्ण नर्सिङ पेसामा आबद्ध भएका नर्सहरूलाई समस्या आएको कारणले गर्दा उहाँहरूको काम छ, पेसा छ, त्यसमा प्रश्न आएको कारणले गर्दा सबैलाई दुःखी बनाएको छ ।

आगामी दिनमा यो दुःख भोग्न नपरोस् । उहाँहरूले गरिरहेको पेसामा प्रश्न नउठोस् । कहिले पनि यो समस्या सिर्जना नहोस् ।

मान्छेलाई जन्म दिने, बचाउने, भगवान्पछिको डाक्टर, नर्स हुनुहुन्छ ।  त्यसैले कसैले पनि डाक्टर, नर्सलाई नकारात्मक रूपमा नलिइदिनु होला ।  हामीलाई गाह्रो भयो भने, बिरामी पर्‍यो भने हामी जाने भनेको हस्पिटल नै हो ।  त्यसैले मेरो उद्देश्य भनेको उहाँहरूलाई नराम्रो भन्ने, नराम्रो बनाउने थिएन । तर, परिस्थितिले यो मोड लियो । जुन गल्ती म बाट भयो, आगमी दिनमा मबाट यस्तो गल्ती हुने छैन ।

फेरि पनि म सबैजनालाई दुई हात जोडेर अनुरोध गर्छु– जुन उहाँहरूको पेसामा तथानाम गालीहरू भएको छ, विभिन्न खालको प्रश्न उठेको छ, यो कसैले नगरिदिनु होला । मेरो आफ्नो भुलको कारणले उहाँहरूलाई यस्तो समस्या आएकाले म आफैँ दुःखी भएको छु । कसैलाई दुःख दिनु, कसैको मनमा चोट पुर्‍याउनु भनेको एकप्रकारको पाप नै हो । त्यसैले मबाट यस्तो खालको पाप नहोस् र तपार्इंहरूबाट पनि यस्तो खालको पाप नहोस् । मैले जतिजनाको मन दुखाएको छु, नर्सिङ पेसामा जति पनि आबद्ध हुनुहुन्छ, जसको पेसामा दाग लाग्ने काम भएको छ । यसको लागि म क्षमा माग्दै यहाँहरू सबैलाई म अनुरोध गर्छु– नर्सिङ पेसालाई सम्मान गर्नुस् ।

भरतपुर क्यान्सर अस्पताल पहिलादेखि नै सुन्दै आएको हो । असाध्यै राम्रो हस्पिटल, जहाँनेर धेरैजना बिरामी त्यहाँ गयो भने सन्चो हुन्छ भनेर आउनुहुन्छ । मेरो जति पनि फलोअर्स हुनुहुन्छ, हजुरहरूले जथाभावी अनैतिक खालको कमेन्ट नगरिदिनु होला र उहाँहरूको पनि आफ्नो सम्मान, इज्जत छ । डाक्टर, नर्स हामी बिरामीलाई चाहिन्छ । डाक्टर, नर्सलाई पनि बिरामी चाहिन्छ । त्यसैले हामी सबै एकार्काको परिपूरक हौँ । त्यसैले कसैलाई नराम्रो नभनिदिनु होला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस