२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निराका हत्या आरोपी विनोदविरुद्ध मुद्दा दर्ता, बाँचुञ्जेल कैद सजायको माग

२०८०, १२ जेष्ठ शुक्रबार ०९:२९

जेठ १२, काठमाडौँ | कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी झापाका विनोद विश्वकर्माविरुद्ध जीवित रहेसम्म कैद गर्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा ४१ (क) बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरका कसुरदारलाई जिवित रहेसम्म कैद गरिने उल्लेख छ ।

विनोदले लुटपाटको उद्देश्यले भाँडा पसलभित्र पसेर सञ्चालिका निरा आचार्यको हत्या गरेको अभियोग पत्रमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निराका शरिरका विभिन्न भागमा २० भन्दा बढी चोट देखिएको थियो ।

यो प्रकरणमा प्रतिवादी बनाइएका २३ वर्षीय प्रदीप गदाइलीविरुद्ध ५ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २८७ बमोजिम उनीविरुद्ध सजाय माग गरिएको हो ।

उक्त दफामा कुनै कसुर गरी प्राप्त गरेको सम्पत्ती हो भन्ने जानीजानी वा विश्वास हुने कुनै मनासिव कारण भई कसैले कुनै सम्पत्ति लिन, राख्न वा खरिद बिक्री गर्न नहुने भनिएको छ । अनुसन्धानका क्रममा विनोदले लुटेको निराको सिक्री प्रदीपको सुन पसलमा राखेर ५५ हजार रूपैयाँ लिएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस