१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँचथरमा पत्रकारहरुका लागी आँखा शिविर

१३ जेष्ठ २०८०, शनिबार १४:३८

कमल घिमिरे। जेठ १३ ।पाँचथर , नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर प्रेस युनियन पाँचथर शाखाले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण शिविर शनिबार सम्पन्न गरेको छ ।

 दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्षित गर्दै प्रेस युनियनको स्थापना दिवसको अवररमा शनिबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो ।

प्रेस युनियन पाँचथरले पाँचथर चस्मा घर तथा पाँचथर आँखा क्लिनिक केन्द्रसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो । शिबिरमा ४८ जनाले आँखा जाँच गराएका छन् । त्यसमध्ये १० पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चस्मा वितरण गरिएको युनियनले जनाएको छ ।

‘हामी पत्रकारहरु चौबिसै घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेख्न व्यस्त रहन्छौँ जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ,’ प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलले आँखा शिविर गर्नको उद्देशय प्रष्ट पार्दै भने ‘हाम्रो आँखाको स्थिति वारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम आयोजना गरेका हौँ ।’

शनिबारको शिविरमा जाँच गर्न आएका अधिकांश पत्रकारहरुमा आँखा सुख्खा हुने र एलर्जीको समस्या देखिको डा. पंकज चौधरीले बताए । ‘कम्युटरमा धेरै समय काम गर्ने भएकाले पनि होला उहाँहरूमा आँखामा हुने सुख्खापन धेरै नै छ’, उनले भने ।

शिविरमा नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे, फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले साथै सहभागी अन्य अतिथिले पनि आँखा जँचाएका थिए । आँखा शिविरमा पत्रकारहरुको उल्लेख्य सहभागिता थियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा