रिहा भएपछि रेशमले भने, ‘रिहाइलाई स्वाभाविक रूपमा लिए पनि निकै ढिला भयो’

Posted on: 29 May, 2023

जेठ १५, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो रिहाइ अकस्मात् र सुनियोजित नभएको बताएका छन् । उनले आफ्नो रिहाइलाई स्वाभाविक रूपमा लिए पनि यो निकै ढिला भएको टिप्पणी गरेका हुन् ।

रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चौधरीले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ उनले टिकापुर घटना दुर्भाग्यपूर्ण भएको बताउँदै सो घटना टिकापुरवासीले चाहेर घटेको घटना नभएको स्पष्ट पारे ।

नले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे। उनले टीकापुर घटना बन्द कोठामा भएको घटना नभएको धारणा राखे।

घटनामा पूर्ण रुपमा थारुहरूको संलग्नता नरहेको उनको भनाई छ। टिकापुर घटनाबारे धेरै मानिसहरू गुमराहमा रहेको बताउँदै यो रहस्यमय घटना भएको चौधरीको दाबी छ। उनले भने, 'टीकापुर घटनाको कथा र पटकथा अर्को थियो।'

उनले आफूलाई रिहाई गरेकोमा सरकारलाई धन्यवादसमेत दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!