२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोरखाको अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

२२ जेष्ठ २०८०, सोमबार ०३:२४

जेठ २२, गोरखा | भूकम्पले क्षति पु-याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ ।  गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताउनुभयो । गोरखा भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण सुरु गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण पूरा हुन नसकेको हो । गोरखा नगरपालिकाले ‘अकला मन्दिर पर्यटकीय पूर्वाधार’ परियोजनामार्फत रु २४ लाख १० हजार आठ सय ८५ मा गोर्बुङ राना निर्माण सेवासँग मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीको लापर्बाहीका कारण मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको हो । मन्दिर पुनःनिर्माण अलपत्र पारेको कम्पनीलाई नगरपालिकाले पटक–पटक म्याद थप गर्दासमेत पुनःनिर्माणको काम सम्पन्न हुन नसकेको नगरपालिकाले जनाएको छ ।

दैनिक सयौँ भक्तजन पूजाआजाका लागि पुग्ने गरेको अकला मन्दिर पुनःनिर्माणको काम नहुँदा अलपत्र मन्दिरमा भक्तजन पूजा गर्न बाध्य भएको पुजारी जैसीले बताउनुभयो । “काठ भएन भनेर ठेकेकारले काम गर्न नसकेको भन्दै आएको छ”, उहाँले भन्नुभयो, “काम अपुरो गरेर ठेकेदार कता गयो भन्ने थाहा छैन ।”

नगरपालिकाले मन्दिर निर्माणका लागि स्टेमेट डिजाइन गर्ने क्रममा काठको मूल्य नराखी डिजाइन गरेर ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेकाले काठ कसले उपलब्ध गराउने भन्ने विवादका कारण निर्माणको काममा समस्या भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महतले बताउनुभयो । 

“नगरपालिकाले ठेक्का गराउँदा काठको मूल्य नै नराखी गराएको रहेछ”, उहाँले भन्नुभयो, “अहिले हामीले वरपर रहेको पाँच  समितिमार्फत काठ जोहो गरिरहेका छौँ, अब केही दिनमा बाँकी रहेको काम अघि बढाउँछौँ ।” मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता गर्ने क्रममा पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ स्थानीय वन समितिले काठ उपलब्ध गराउने सर्तमा ठेक्का सम्झौता भएको अध्यक्ष महतको भनाइ छ तर स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराए पनि अपुग भएकाले मन्दिर निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

अहिले थप तीन सामुदायिक वनबाट तीन सय सेफ्टी काठ उपलब्ध भएकाले मन्दिरका लागि आवश्यक झ्याल ढोका निर्माणको काम सुरु भएको अध्यत महतले बताउनुभयो । मन्दिरका लागि आवश्यक झ्याल, ढोका कलात्मक र पुरानै संरचनाअनुसार हुनुपर्ने भएकाले बाहिरबाट कामदारले काम गरिरहेको उहाँको भनाइ छ ।  

मन्दिरको पुनःनिर्माणको काम अलपत्र परेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत निर्माणाधीन मन्दिरको अवलोकन गरेर निर्माणको काम अघि बढाउन निर्देशन दिनुभएको थियो । स्थानीयवासीले भने नगरपालिकाका प्राविधिकको कमजोरीका कारण पनि मन्दिर पुनःनिर्माणमा ढिलाइ भइरहेको आरोप लगाएका छन् ।

ठेकेदार कम्पनीका जीवन रानाले सम्झौताअनुसारको काठ नपाउँदा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्नुभएको छ । “नगरपालिकासँग सम्झौताका क्रममा नै स्थानीय वन समूहले आवश्यक काठ दिने सर्तमा काम थालेको हो”, उहाँले भन्नुभयो, “समितिले समयमा काठ नदिँदा झ्याल, ढोका, नाल र मुसल बनाउन पाएनाँै अनि काम रोकियो ।” उहाँले आवश्यक काठ उपलब्ध भएको थप चार महिनामा काम सक्ने दाबीसमेत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ