२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाल्पा जिप दुर्घटना अपडेट : आमा छोरासहित ५ जनाको मृत्यु

२०८०, २२ जेष्ठ सोमबार ०६:२३

जेठ २२, काठमाडौँ | पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा आइतबार साँझ दिएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या थपिएको छ । सोमबार बिहान थप एक जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएपछि  मृतकको सङ्ख्या ५ पुगेको हो । 

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखरा थोककी २५ वर्षीया सीता गौतम, पोखराथोककै दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल (कृष्णप्रसाद) रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी  नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । । सीता र संयोग आमा छोरा रहेको खुलेको छ  । 

दुई वर्षीय संयोग गौतम र विजय पोखरेल (कृष्णप्रसाद) को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्य ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो ।  दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको छ । घटनामा घाइते भएकाहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस