जेठ २३, राँझा । आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मी जलेको अवस्थामा जंगलमा फेला परेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीनजिकैको जंगलमा आज (मंगलबार) बिहान रेग्मीको शव फेला परेको हो । उनी हिजो (सोमबार) बिहान १० बजेतिर घरबाट निस्केका थिए ।
उनको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको छेउमा ट्रकका चालकले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । जंगलमा घाँस काट्ने क्रममा महिलाहरुले शव देखेका थिए । प्रहरी अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
शिक्षक रेग्मीको शरीर जलेको अवस्थामा छ । उनले लगाएको लुगा भने मोटरसाइकलकै छेउमा राखिएको छ । प्रहरीले हत्या भएको हुनसक्ने अनुमान गरेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!