२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगार विभागमा डीएसपीको कमान्डमा सुरक्षाकर्मी खटाइने

२३ जेष्ठ २०८०, मंगलवार ०९:२७

जेठ २३, काठमाडौं | वैदेशिक रोजगार विभागको सुरक्षाको लागि अब विभागमा डीएसपीको कमान्डमा सुरक्षाकर्मी खटाइने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक मदन दहालले विभागको सुरक्षार्थ सुरक्षा पोस्ट राख्ने विषयमा छलफल भइरहेको बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरू दिनप्रतिदिन ठगिँदै आएका छन् । पर्याप्तमात्रामा जनशक्ति नहुँदा अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको विभागले जनाएको छ । हाल विद्यमान रहेको जनशक्ति र सुरक्षाकर्मीको सहयोगमा अनुगमनलाई प्रभावकारी बनाउनुका साथै ठगी गर्ने गिरोहमाथि तत्काल एक्सन लिन सजिलो हुने महानिर्देशक दहालले बताए ।

विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको थियो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो । गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय गरेको छैन । लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको छ ।महानिर्देशक दहालले डीएसपीको कमान्डमा बर्दिधारी सुरक्षाकर्मी राख्नको लागि पहल भइरहेको बताए ।

‘आज आईजीपी सापसँग छलफल गर्ने कुरा थियो । तर, उहाँ सिंगापुर जानुभयो । अब उहाँ फर्किएपछि छलफल गर्छौ’ महानिर्देशक दहालले भने । हाल विभागमा सादा पोशाकमा प्रहरी खटाइएको छ । तर, अब बर्दिधारी नै राख्न लागिएको उनको भनाई छ ।

यसअघि विभागमा ठाउँ अभाव थियो । अब ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा सरेसँगै सेवा प्रवाहमा सहजता आउने विभागको विश्वास रहेको छ । त्यहाँ सुरक्षाकर्मीको पोस्ट खडा गर्न पनि सहज हुने महानिर्देशक दहालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ