३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङको होटलमा ग्राहकको हत्या प्रकरण: प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा

२५ जेष्ठ २०८०, बिहीबार ०५:२१

जेठ २५, धादिङ | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरू सरस्वती पनेरु पण्डित, निजको छोरा नीरज पण्डित र पाल्पा तानसेन नगरपालिका घर भई हाल गल्छी 

स्थित नीरजकै घरमा डेरा गरी बस्ने किरन राना समेत गरी तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय धादिङ बाट  जेठ २२ गते पेस भएको अभियोग अनुसार तीनै जना प्रतिवादीहरूलाई जेठ २४ गते जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलास बमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको हो । 


गत बैशाख २७ गते  राती धादिङ गल्छी स्थित सरस्वती पनेरुले सञ्चालन गरेको शानदार होटेल एण्ड लजमा सोही ठाउँका स्थानीय बासिन्दा   २८ वर्षीय  विनोद थापा मगरले खाजा खाएको पैसाको विवादमा झैझगडा हुँदा  सञ्चालिका सरस्वतीका छोरा नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका थिए । 

छुरा प्रहारबाट घाइते भएका रानाको उपचारका क्रममा  काठमाण्डौं स्थित नर्भिक अस्पतालमा बैशाख २८ गते मृत्यु भएको थियो । होटेल सञ्चालिका रहेकी सरस्वती पनेरू पण्डितले आफ्नो होटेलमा बालिकाहरूलाई जबरजस्ती यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पीडितको जाहेरीको आधारमा ज्यान सम्बन्धी कसुरका साथै थप दुईवटा मानव बेचबिखन मुद्दामा समेत प्रतिवादी बनाई अभियोग पेस भएकोमा तीनवटै मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको हो । 

सञ्चालिका सरस्वतीका छोरा नीरज पण्डित र अर्का प्रतिवादी किरन रानालाई ज्यान सम्बन्धी कसुरमा मात्रै अभियोग पेस भएकोमा सोही मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली