३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६ घण्टाको बाथरुम ब्रेक लिएपछि जागिर चट

२५ जेष्ठ २०८०, बिहीबार ११:५८

जेठ २५, काठमाडौँ | चीनका एक व्यक्तिलाई कामको समयमा शौचालयमा अत्यधिक समय बिताएको भन्दै जागिरबाट निकालिएको छ । ती व्यक्तिले टोइलेटमा ४७ मिनेटदेखि ६ घण्टासम्म बिताउने गरेको बताइएको छ ।

चिनियाँ मिडियाले यो अचम्मको घटनाबारे जानकारी दिएको हो जसअनुसार वाङ थर भएका एक व्यक्तिले आफूलाई जागिरबाट निकालेको भन्दै मुद्दा दर्ता गरेका थिए । उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण शौचालयमा धेरै समय बिताउनु परेको भन्दै मुद्दा दर्ता गरेका थिए । 


वाङले आफ्नो एनोरेक्टल (मलद्वार) सम्बन्धी समस्या भएका कारण शल्यक्रिया गर्नुपरेको र यसका कारण आफूलाई पीडा र असहज महसुस हुने गरेकोले दैनिक ३ देखि ६ घण्टा शौचालयमा बिताउन बाध्य भएको बताए । वाङको पूर्व रोजगारदाता कम्पनीले १० दिनको अवधिमा उनले जम्मा २२ पटक टोइलेट ब्रेक लिएको जुन ४७ मिनेटदेखि ६ घण्टासम्म भएको जानकारी दियो । काममा ढिलो, कार्यालयबाट छिटो निस्केको, जानकारी नदिई बिदा बसेकोले तियानजिनस्थित नाम नखुलाइएको कम्पनीले वाङलाई जागिरबाट निकालेको स्पष्टीकरण दिएको छ ।

वाङको शल्यक्रिया सन् २०१४ को डिसेम्बरमा भएको थियो । उनको रोजगारदाता कम्पनीले सन् २०१५ मा जुलाईमा काममा फर्किएपछि उनले असामान्य रूपमा टोइलेट ब्रेक लिन थालेको बतायो । वाङलाई कम्पनीले २०१५ मा सेप्टेम्बर ७ देखि १७ सम्म निगरानीमा राखेको थियो । त्यति बेला उनले प्रत्येक दिन तीन पटक लामो टोइलेट ब्रेक लिएको पाइएपछि उनलाई कम्पनीले जागिरबाट बिदा गर्ने निर्णय गरेको थियो । 

अक्टोबर २०१५ मा वाङले कम्पनीमा आफ्नो जागिर पुनर्स्थापित गर्न मध्यस्थताको खोजी गरे । दुई पक्षबीच लामो कानुनी लडाइँ भयो जुन यस वर्ष समाप्त भयो । तियानजिन उच्च अदालतले ती व्यक्तिको बाथरुम ब्रेक ‘उचित र सामान्य शारीरिक आवश्यकता’ भित्र नपरेको घोषणा गर्‍यो । त्यसैले वाङले मुद्दा हारे ।

यो खबरले मिश्रित प्रतिक्रिया पाएको छ । कतिले यसलाई निकै गम्भीर स्वास्थ्य समस्या बताइरहेका छन् भने कतिले शौचालयमा तीन घण्टा बिताउनु भनेको सामान्य कुरा नभएको बताएका छन् । यस्तै, कोहीले भने ‘काम कहिले गर्‌छौ’ भनेर प्रश्न सोधेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन