३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आजदेखि चीन–काठमाडौँ दैनिक उडान सुरु

२६ जेष्ठ २०८०, शुक्रबार ०६:४७

जेठ २६, काठमाडौँ | कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो । सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो ।  

चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उठेर बिहान चीन फर्कने छ । ग्वाङझाउ चीनको एक प्रमुख व्यापारिक केन्द्र हो ।   

दैनिक उडान सुरु भएपछि चीनबाट नेपाल जाने पर्यटकहरू वृद्धि हुने आशा गरिएको छ । दैनिक उडान भएपछि चीन आउने र जाने हवाई टिकट पनि सस्तो भएको छ । यसअघि सातामा ३ उठान हुँदा हवाई टिकट महँगो भएका कारण चिनियाँहरू नेपाल आउन अप्ठ्यारोमा परेका थिए । अत्यावश्यक काम भएका व्यक्ति मात्र नेपाल चीन आउने जाने गरेका थिए । 

चिनियाँ पर्यटकलाई नेपालमा सेवा दिँदै आएका युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले महामारीपछि पहिलोपटक दैनिक उडान भएपछि चिनियाँ पर्यटक बढ्ने बताए । उनले भने, आजदेखि हामी उत्साही भएका छौँ, नेपालमा अब चिनियाँ पर्यटक वृद्धि हुनेछ ।

जुन महिनाको २२ देखि तीन दिन छुटी हुँदै छ । त्यसपछि जुलाई महिनामा चीनमा विश्वविद्यालयमा हुने ४० दिने छुट्टीका कारण चिनियाँहरू घुमफिरमा निस्कने छन् । 

यही जुन महिनाको २२ तारिक चीनको राष्ट्रिय पर्व ड्रागन बोड फेष्टिवल (त्वान वु चेइ) हुँदै छ । यो अवसरमा चीन सरकारले तीन दिनको सापटी छुटी दिँदै छ । यो तीन दिनको छुट्टीमा पनि चीनबाट नेपाल पर्यटन बढ्ने आशा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन