हेटौँडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला

Posted on: 10 Jun, 2023

जेठ २७, बागमती | मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया  नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक  टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!