नेपालमा विदेशीले गर्ने खर्च भन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बर

Posted on: 10 Jun, 2023

जेठ २७, काठमाडौँ | नेपालमा विदेशीले गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बरले धेरै रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको १० महिनाको तथ्याङ्क अनुसार नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीले भने १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । तर यो वर्ष विदेशीले नेपालमा गर्ने खर्च गतवर्ष भन्दा दोब्बरले धेरै हो ।

गतवर्ष १० महिनामा विदेशीले नेपालमा २६ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेका थियो।  नेपालीले विदेशमा खर्च गरेको १ खर्ब २ अर्ब ४९ करोड रुपैयाँमध्ये वैदेशिक शिक्षाको लागि मात्रै ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनएको छ।

गतवर्षको १० महिनामा नेपालीले विदेशमा ७५ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेकोमा शिक्षातर्फ ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!