५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद, ६ जना प्रहरी नियन्त्रणमा

२८ जेष्ठ २०८०, आईतवार ०५:४०

जेठ २८, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । 

जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते हुनुभएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।  

वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उनलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो ।  

जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था जटिल बनेको भन्दै शनिबार बिहान घरतर्फ ल्याउनेक्रममा महिलाको बाटोमा मृत्यु भएको स्थानीयले बताए । मृतकको शव शनिबार मध्यान्ह गाउँमा ल्याएर लखन्देही खोलामा अन्त्येष्टि गरिरहेका बेला प्रहरीले महिलाको शव बरामद गरेको स्थानीयले बताएका छन् ।  

महिलाको शव मृतककी छोरी, ज्वाँइलगायत केही आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव बरामद गरेको बुझिएको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विजय कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले महिलाको शव आज बरामद गरेको हो । बलिराखेको चिताबाट आधा शरीर जलिसकेको अवस्थामा महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ । कुटपिट घटनामा संलग्न महिलाका श्रीमानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह