2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सूचना आयोगको आदेश बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले टेरेन

हेटौडा ,१२ असोज

राष्ट्रिय सूचना आयोगले सूचना दिनु भनेर आदेश दिदा समेत नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले पत्रकार हरि हुमागाँईलाई सूचना दिएको छैन । सूचना आयोगको आदेश पत्र दर्ता गरेको सात दिन भित्रमा हुमागाँईलाई सूचना दिनु भनेर दिएको आदेशको आठौ दिन सम्म पनि बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख ईन्जिनियर पद्माकान्त झा र सूचना अधिकारीले सूचना उपलब्ध नगराएका हुन् । मकवानपुर आमभन्ज्याङ ३ निवासी हुमागाईले मागेको सूचना दिनु भनेर राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयूक्तहरु किरण कुमार पोख्रेल र एशोदादेबि तिम्सिनाले आदेश दिनुभएको थियो ।

      आयोगले दिएको आदेश यही असोज ४ गते नेपाल बिधुत प्राधिकरणको क्षेत्रिय कार्यालय हेटौडामा ५ सय ३३ नंम्बरमा दर्ता समेत भएको थियो । दर्ता भएको मितिले सात दिन भित्र सुचना उपलब्ध गराउनुपर्ने भएपनि प्रमुख ईन्जिनियर झाले सूचना आयोगलाईलानै सूचना उपलब्ध गराएको झुट्टो जवाफ दिएका छन् । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले भने प्राधिकरणले हुमागाँईलाई दिनुपर्ने सूचना आयोगमा नपठाएको बताउनुभएको छ । बितेको आर्थिक बर्ष अर्थात आर्थिक बर्ष २०७२। २०३३ मा यस क्षेत्रिय कार्यालय अन्तरगतका जिल्लाको फिडरै पिच्छे बितरण भएको बिधुत युनिट, खपत गरेको युनिट र चुहावट युनिट कति हो ? भनेर हुमागाँईले सूचना माग गर्नुभएको थियो । त्यो सूचना मौखिक रुपमा माग्दा उपलब्ध नगराएपछी लिखीत रुपमा मागिएको थियो ।

     आयोगको आदेशको पालना नभएपछी पत्रकार हुमागाँईले आजै राष्ट्रिय सूचना आयोगलाई संबोधन गरेर सूचना नदिने बिधुतका प्रमुख झा, सूचना अधिकारीलाई कार्बाहीका लागि माग गर्दै निबेदन दर्ता गराउनुभएको छ । सूचना नदिदा भोग्नुपरेको कठिनाईको क्षेतिपुर्ति, जरिवाना रकम तिराउन समेत निबेदनमा माग गरिएको छ । कानुन अनुसार सूचना नदिने कार्यालय प्रमुख र सूचना अधिकारीलाई कार्बाहीका लागि आदेश दिने प्रमुख सूचना आयुक्त बाँस्कोटाले बताउनुभयो । कार्बाहीको लागि पत्र लेखिसकेपछी पनि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई आयोगबाट पत्र लेखेर समेत सूचना उपलब्ध गराईने सूचना आयोगका उपसचिब बाबुराजा श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता