२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उत्पादन बृद्धीका लागी पशु सेवा कार्यालय डडेल्धुराले अनुदान दिने

२०७३, १२ आश्विन बुधबार १३:४२

ललित बोहरा/असोज १२ / डडेल्धुरा  जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले चालु आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा प्रसार कार्याक्रम निक्षेपित र सहकारी खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ । विभिन्न कार्यक्रमहरु सहकार्य गरि संचालन गर्ने लक्ष्य रहेकाले पशु सेवा सम्बन्धि समुह, समिती, सहकारी, उद्यमी, फार्महरुलाई आफुले गर्न चाहेको कार्यका लागी निवेदन दिन कृषकहरुलाई आह्वान गरेको छ । पशु सेवा प्रसार कार्यक्रम अन्तरगत व्यवासायिक कुखुरा फार्महरुका लागी जैविक सुरक्षा सामाग्री वितरण, डाले घांसको नर्सरी स्थापना, मासु पसल सुधार, डेरी पसल सुधारका कार्याक्रम रहेको जनाएको छ । गणेशपुर, असिग्राम, मष्टामाण्डौ, चिपुर, देवल, बगरकोट, गांखेत गाविसमा वोयर बोका वितरणको कार्यक्रम रहेको छ । भँैसी पालन समुह, समिती, सहकारी, व्यवसायिक फर्मका लागी पाँच वटा रांगो वितरण गरिने पशु सेवा कार्यालयले जनाएको छ । अमरगढी नगरपालिका भित्र एउटा चिलर मेसिन वितरण गरिने, भँैसीको पिउने पानिका लागी रुपाल, भागेश्वर, भद्रपुर, अजयमेरु, समैजी गाविसमा पोखरी तथा आहाल निर्माण गरिने जनाईएको छ । यस्तै सहकारी खेती कार्यक्रमका लागी १÷१ को संख्यामा सहकारी बंगुर र कुखुरा पालनको कार्यक्रम रहेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण÷रंगुन नदी प्रणाली सघन आयोजना अन्तरगत सहकार्यमा १० वटा वायोग्यास निर्माणका लागी प्रति वायोग्यास १५ हजार रुपैया अनुदान दिने पशु सेवा कार्यालयले जनाएको छ । यस्तै सहकार्यमा ४० वटा गाई, भँैसीको गोठ, गोठ सुधारका लागी प्रती गोठ १० हजार रुपैया अनुदान राखेको छ । सहकार्यमा नै ५० वटा बाख्राका खोर सुधार कार्यक्रमका लागी प्रति खोर पाँच हजारका दरले अनुदान दिईने छ । डडेल्धुराको भित्रि मधेश क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविस क्षेत्रमा संञ्चालन हुने कार्यक्रममा गरिव विपन्न, सिमान्तकृत तथा महिलालाई प्राथमिकता दिईने छ । वायोग्यास निर्माण तर्फ पाँच गाई भैँसी अनिवार्य हुनु पर्ने पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । युवाहरुलाई पशु उत्पादन व्यवसायिक गाई, भँैसी तथा बाख्रा पालन कार्यक्रम अन्तरगत युवा लक्षित व्यवसायिक फार्म सुदृढीकरण कार्यक्रमका लागी कम्तिमा ५० प्रजन्न योग्य माउ बाख्रा र गाई भँैसीको हकमा पाँच÷पाँच दुधालु गाई भँैसी हुनु पर्ने, वास्तविक लक्षित वर्ग विदेशबाट फर्केको, प्राबिधिक दृष्टिकोणले उपयुक्त भएको, ५० प्रतिशत लगानी भएको हुनु पर्ने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा