८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उत्पादन बृद्धीका लागी पशु सेवा कार्यालय डडेल्धुराले अनुदान दिने

१२ आश्विन २०७३, बुधबार १३:४२

ललित बोहरा/असोज १२ / डडेल्धुरा  जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले चालु आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा प्रसार कार्याक्रम निक्षेपित र सहकारी खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ । विभिन्न कार्यक्रमहरु सहकार्य गरि संचालन गर्ने लक्ष्य रहेकाले पशु सेवा सम्बन्धि समुह, समिती, सहकारी, उद्यमी, फार्महरुलाई आफुले गर्न चाहेको कार्यका लागी निवेदन दिन कृषकहरुलाई आह्वान गरेको छ । पशु सेवा प्रसार कार्यक्रम अन्तरगत व्यवासायिक कुखुरा फार्महरुका लागी जैविक सुरक्षा सामाग्री वितरण, डाले घांसको नर्सरी स्थापना, मासु पसल सुधार, डेरी पसल सुधारका कार्याक्रम रहेको जनाएको छ । गणेशपुर, असिग्राम, मष्टामाण्डौ, चिपुर, देवल, बगरकोट, गांखेत गाविसमा वोयर बोका वितरणको कार्यक्रम रहेको छ । भँैसी पालन समुह, समिती, सहकारी, व्यवसायिक फर्मका लागी पाँच वटा रांगो वितरण गरिने पशु सेवा कार्यालयले जनाएको छ । अमरगढी नगरपालिका भित्र एउटा चिलर मेसिन वितरण गरिने, भँैसीको पिउने पानिका लागी रुपाल, भागेश्वर, भद्रपुर, अजयमेरु, समैजी गाविसमा पोखरी तथा आहाल निर्माण गरिने जनाईएको छ । यस्तै सहकारी खेती कार्यक्रमका लागी १÷१ को संख्यामा सहकारी बंगुर र कुखुरा पालनको कार्यक्रम रहेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण÷रंगुन नदी प्रणाली सघन आयोजना अन्तरगत सहकार्यमा १० वटा वायोग्यास निर्माणका लागी प्रति वायोग्यास १५ हजार रुपैया अनुदान दिने पशु सेवा कार्यालयले जनाएको छ । यस्तै सहकार्यमा ४० वटा गाई, भँैसीको गोठ, गोठ सुधारका लागी प्रती गोठ १० हजार रुपैया अनुदान राखेको छ । सहकार्यमा नै ५० वटा बाख्राका खोर सुधार कार्यक्रमका लागी प्रति खोर पाँच हजारका दरले अनुदान दिईने छ । डडेल्धुराको भित्रि मधेश क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविस क्षेत्रमा संञ्चालन हुने कार्यक्रममा गरिव विपन्न, सिमान्तकृत तथा महिलालाई प्राथमिकता दिईने छ । वायोग्यास निर्माण तर्फ पाँच गाई भैँसी अनिवार्य हुनु पर्ने पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । युवाहरुलाई पशु उत्पादन व्यवसायिक गाई, भँैसी तथा बाख्रा पालन कार्यक्रम अन्तरगत युवा लक्षित व्यवसायिक फार्म सुदृढीकरण कार्यक्रमका लागी कम्तिमा ५० प्रजन्न योग्य माउ बाख्रा र गाई भँैसीको हकमा पाँच÷पाँच दुधालु गाई भँैसी हुनु पर्ने, वास्तविक लक्षित वर्ग विदेशबाट फर्केको, प्राबिधिक दृष्टिकोणले उपयुक्त भएको, ५० प्रतिशत लगानी भएको हुनु पर्ने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी