२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साम्बाको उडान अब युरोपेली फुटबलमा

२०८०, ३० जेष्ठ मंगलवार ०९:४८

जेठ ३०, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् ।

मंगलबार इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो समाजिक सञ्जाल मार्फ साबित्रालाई २०२३/२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ ।


दक्षिण एसियामा सार्वोत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल खेल्दा ४३ गोल गरिसकेकी छन् । साबित्राले घरेलु फुटबल एपीएफ क्लबबाट खेल्ने गर्छिन् ।

साबित्रा भारतमा हुने महिला लिगमा लगातार तीन सिजन च्याम्पियन बनेकी छन् । पहिलो सिजन सेथु फुटबल क्लबबाट खेल्दा साबित्राले ७ खेलमा १५ गोल गरेकी छन् ।

दोस्रो र तेस्रो सिजन गोकुलम केरेलाको प्रतिनिधित्व गर्दै उनले कुल ४५ गोल गरेकी छन् । उनी अघिल्लो महिना मात्रै सम्पन्न भारतिय महिला लिगको सर्वाधिक गोल कर्ता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्