२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निस्सासिएर दुई जना कोइलाखानी मजदुरको मृत्यु, पैतिस जना बेहोस

२०८०, ३२ जेष्ठ बिहीबार ०६:५२

जेठ ३२, काठमाडौँ | अफगानिस्तानको साङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको  अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो ।

उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका  गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा  निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए । ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस