धादिङ बेनिघाटमा जिपबाट खसेर ७० वर्षीय वृद्धको मृत्यु

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | बेनिघाट रोराङ गाउँपालिका २ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गाडीमा सवार गजुरी गाउँपालिका २ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाईको मृत्यु भएको छ ।

गाडीबाट खसेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखु हुँदै स्टार अस्पताल सानेपा ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!