२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने

५ असार २०८०, मंगलवार ०६:०६

असार ५,काठमाडौँ | ‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने भएका छन् । रेडियो कान्तिपुरले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पारेर यही असार २२ गते राजधानीमा आयोजना गर्न लागेको ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी नेपाल आउने भएका हुन् । 

कार्यक्रममा अलिले आफ्ना केही सांगीतिक प्रस्तुति समेत राख्नेछन् । आयोजकले सोमबार एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ ।


२०७८ साल साउनदेखि २०७९ साल साउनसम्म एक वर्षको अवधिमा रेडियो कान्तिपुरबाट प्रसारण भएका गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट ५ जनाको मनोनयन छनोट गर्न विशेष जुरी निर्माण गरिएको छ । 

अवार्डका लागि ७५ स्रष्टाको मनोनयन, १५ विधा अवार्ड वितरणको अलावा लाइफ टाइम अचिभमेन्ट अवार्ड समेत वितरण हुनेछ । 

अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पक गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् ।

यस वर्ष अवार्डमा प्रकाश सपुत, स्वप्न सुमन र समीर श्रेष्ठ, सुशान्त, शिव परियार, सुवानी मोक्तान, सन्दीप क्षेत्री, सज्जन श्रेष्ठ, गजलकार प्रदीप रोदनको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान