2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा ७० बर्ष भन्दा बढी उमेरका बृद्धालाई सम्मान

September 26, 2015

असोज ९, मकवानपुर । मकवानपुरको आमभञ्ज्याङ्गमा ७० बर्ष भन्दा बढी उमेरका तीन बृद्धालाई सम्मान
गरिएको छ । स्वरोजगार साना किसान कृषि सहकारी संस्था आमभञ्ज्याङ्गले पाँचौ बार्षिक साधारण सभामा
आज(शनिवार) जेष्ठ सदस्यहरुलाई सम्मानित गरेको हो ।

आमभञ्ज्याङ्गका नन्दकुमारी रेग्मी, सन्तमायाँ थिङ्ग र तुलाकुमारी ढुङ्गानालाई दोसल्ला ओडाएर
नगद र उपहारसहित मकवानपुर क्षेत्र नम्बर २ का साँसद सुवासचन्द्र ठकुरीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा साँसद ठकुरीको प्रमुख आतिथ्य तथा साना किसान बैँक ईलाका कार्यालय हेटौँडाकी प्रमुख
कृष्णकुमारी शर्माको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रम सहकारीकी अध्यक्ष सुन्तलीमायाँ पुडाशैनीको
सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष पुडाशैनीले प्रगति प्रतिबेदन, प्रबन्धक गोमा लामाले
आर्थिक प्रतिबेदन र लेखा समिति संयोजक धनकुमारी खड्काले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो

कार्यक्रममा नेकपा एमाले, आमभञ्ज्याङ्गका अध्यक्ष टिकाप्रसाद
दाहाल, ग्रामिण महिला सेवा केन्द्रकी पूर्व अध्यक्ष भगवती पुडाशैनी, नव चेतनशील समाजका अध्यक्ष अशोक
सुजन श्रेष्ठ, महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष निर्मला न्यौपाने, नमुना
सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष शम्भु हुमागाँई लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक