2026-06-17 05:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विद्युतीय रिक्साले मनलाग्दी भाडा असुलेको गुनासो

असोज २३, मकवानपुर । भारतले नाकाबन्दी गरेर कष्टकर दैनिकी झेल्न बाध्य सर्वसाधारणसंग
मकवानपुरको हेटौंडामा सञ्चालन भइरहेका विद्युतीय रिक्साहरुले मनलाग्दी भाडा लिन थालेको पाइएको छ

इन्धनको अभावमा मोटरसाइकल तथा सार्वजनिक सवारी साधन थन्किएपछि
विद्युतीय रिक्सा चढ्न बाध्य भएका सर्वसाधारणसंग मनलाग्दी भाडा लिने गरेको सर्वत्र गुनासो आएको छ ।
हेटौंडाका विभिन्न कम्पनिका विद्युतीय रिक्साले दश मिनेटको बाटोमा पनि सय रुपिया देखी सय रुपियासम्म
असुल्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । हेटौंडादेखी पिप्लेसम्म दश मिनेटको बाटोमा सय रुपिया भाडा
तिनुपरेको एक पीडितले गुनासो गर्नुभयो । नाकाबन्दीले सार्वजनिक सवारी चढ्न नपाएको मौका छोपेर मयुरी,
डाँफे, सारथी लगायत विद्युतीय रिक्साले सर्वसाधारणसंग मनलाग्दी भाडा असुल्ने गरेको पाइदा पनि सम्बन्धित
निकायले ध्यान नदिएको पीडितहरुले गुनासो समेत गरेका छन् ।

उचित
भाडादर नहुनु, व्यक्तिी हेरी भाडा लिनुलगायत समस्याले विद्युतीय रिक्सा चढेकाहरु मर्कामा पर्दै आइरहेका
छन् । टेम्पोले दश रुपियामा पु¥याउने ठाउँ पुग्न दुई सय रुपियासम्म तिर्न बाध्य सर्वसाधारणलाई न्याय
हुने गरी भाडा दर निर्धारण गर्न पीडितहरुले माग गरेका छन् । चढ्न सहज हुने तथा छोटो समयमै गन्तव्यमा
पुग्न प्रभावकारी भइरहेको विद्युतीय रिक्सालाई मनलाग्दी भाडा भाडा असुल्नबाट रोक्न सकिए आफूहरुलाई न्याय
हुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ