2026-06-17 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दशैको अवसरमा सामुहिक टिका लगाउने कार्यक्रम सम्पन्न

कात्तिक ८, मकवानपुर ।
सदियौदेखि नेपाली समाजमा विद्यमान जातीय छुवाछुत अन्त्य गर्न मकवानपुरको थाहा नगरको ओखरबजारमा किशोर
किशोरीहरुले दशैको अवसरमा सामुहिक टिका लगाउने कार्यक्रम सम्पन्न गरेकाछन् ।

समाजमा दलित समुदायलाई गैर दलित समुदायले गर्ने विभेदको अन्त्य गरी समतामूलक समाज
निर्माणकालागि सामुहिक टिका आयोजना गरिएको हो । थाहा नगरको ओखरबजारको दीपज्योति किशोरी संवाद केन्द्रको
आयोजनामा भएको कार्यक्रममा संवाद सहयोग समिति संयोजक थकुमाया प्रधान तथा समितिका सदस्यहरु राजनमाया
प्रधान, रेणुका प्रधान र राधिका प्रधान र स्थानीय समाजसेवी विमलकुमार ढकाल, रीता प्रधान तथा
अच्युतमप्रसाद ढकालको हातवाट स्थानीय दलित र गैर दलित किशोर किशोरीले सामुहिक रुपमा टिका जमरा र आशिष
थापेका हुन् ।

विगतमा दलित भनेर छुन नहुने, उनीहरुले छोएको खान
नहुने र घर भित्र पसाउन नहुने भनेर विभेद गरिने दलित समुदायलाई पनि विना भेदभाव सबैसंग राखेर टिका
लगाउने र खानपिन गर्ने कार्य भएपछि खुसी लागेको सफलता नेपालीले बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी
हुनुभएका बिनीसा अमात्यले पनि दलित साथीहरुलाई आफूहरुसंग संगै राखेर टिका लगाउने र खानपिन गराउने
कार्यमा सहयोग गरेको प्रति संवाद सहयोग समितिलाई धन्यवाद दिनूभयो । कार्यक्रम संवाद परियोजना अधिकृत
कमलकुमार विश्वकर्मा, फिल्ड सुपरभाइजर रुपा सुनारको पनि उपस्थिती रहेको थियो ।

यस्तो कार्यक्रम आगामि दिनमा पनि निरन्तरता दिनूपर्ने इन्द्रायणी संवाद सहयोग समितिका
संयोजक सिताराम बयलकोटीले बताउनुभयो । कार्यक्रममा स्मृति किशोरी संवाद केन्द्र, सृजनशील किशोर संवाद
केन्द्र र इन्द्रायणी किशोरी संवाद केन्द्रका किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ