2026-10-23 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कात्तिक २० गतेदेखि हेटौडामा मैत्रीपूर्ण भलिबल प्रतिगिता हुँदै

keshavlal volleyball

कात्तिक १६, हेटौडा ।
स्वर्गीय केसवलाल स्मृति राष्ट्रिय भलिवल तथा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता कात्तिक २० गतेदेखि
हेटौडामा हुने भएको छ ।

युवा तथा समन्वय समिति मकवानपुरको
आयोजनामा हेटौडा उप महानगरपालिका २९ बस्तीपुर स्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदान हुने उक्त
मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी सकिएको सफल कंडेलले सासलाई बताए । कंडेलका अनुसार १२ ओटा पुरुष टिम र
२ ओटा महिला टिम गरि १४ समुहको खेल कात्तिक २० गते देखि २४ गतेसम्म हुनेछ ।

उक्त खेलमा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार, तेस्रोलाई २५ हजार र
सान्तवनालाई १५ हजार पुरस्कार रासी तोकिएको छ । साथै खेलमा विधागत रुपमा उत्कृस्ट खेलाडी, उत्कृस्ट
स्ट्राइकर तथा अन्य विधामा पनि पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ । खेलका लागि राजेश भेटवाल संयोजक
तथा कालीचरण पाठक उप संयोजक रहनेगरी ३१ सदसयीय मूल आयोजक कमिटि समेत गठन भएको छ । त्यसैगरी खेलका लागि
आर्थिक संयोजकमा राजेस भेटवाल, प्राबिधिक संयोजकमा बसन्त कुमार सिटौला, प्रचार-प्रसार संयोजकमा प्रकास
थोकर र सचिवालय संयोजकमा अमृत पाठक
रहेका छन् ।

स्थानीय संघ
संस्था र बिभिन्न व्यक्तित्वहरुको सहयोग रहेको उक्त मैत्रीपूर्ण खेलको कुल लागत १० लाख लाग्नेगरि
सम्पूर्ण तयारी गरिएको खेल आयोजक समितिले जनाएको छ । खेलमा कार्तिक २० देखि २४ सम्म बिभिन्न साँस्कृतिक
कार्यक्रम समेत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने