२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सार्वजनिक सुनुवाइ सम्पन्न

१९ कार्तिक २०७२, बिहीबार १८:०४

कात्तिक १९, हेटौँडा । निबुवाटार र भैँसे गाविसमा सञ्चालित विकास निर्माणका कामहरुका
बारेमा प्रत्यक्ष सरोकार राख्ने स्थानीयबासीहरुमाझ सार्वजनिक सुनुवाई आयोजना गरिएको छ ।

निबुवाटार गाविसमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै अधिकाँश
स्थानीयबासिन्दाले विकासे योजनाहरु सञ्चालन गर्दा राजनीतिकरण हुनेगरेको आरोप लगाए । आफूहरुले छानेका
योजनाहरु जिल्ला परिषदबाट पास नभएको तर्क गर्दै स्थानीयहरुले यसमा राजनीतिकरण भएको हो कि भनेर सोधेका
थिए । निबुवाटार गाविस ४ नं वडाका स्थानीयबासिन्दा बाबुलाल सिन्तानले आफूले दशैँअघि नै ट्रेक्टर गुड्ने
गरी वातावरण बनाए पनि योजनामा असाध्यै कम मात्रै रकम बिनियोजन भएको भन्दै आक्रोश पोखे । उनले गाउँबाट
जिल्ला परिषद पठाइएको योजनामा जम्मा १ लाख ५० हजार रुपियाँ मात्रै परेको भन्दै उनले दशैँमा आफ्नो वडाबाट
उत्पादित तरकारी बजार लगेर बेच्न समस्या भएको बताए । उनले बाटो मर्मत नहुँदा एक भारी तरकारी सडकसम्म
बोकेबापत ५ सय रुपियाँ तिर्नुपरेको बाध्यता सुनाए ।

त्यसैगरी
कार्यक्रममा बोल्दै स्थानीय प्रकाश पौडेलले भूकम्पको क्षति विवरण संकलनमा समस्या आएपछि पुनः संकलनका
लागि निवेदन दिए पनि अहिलेसम्म सुनुवाई नभएकाले वडा नागरिक मञ्चका संयोजकहरु तनावमा परेको पीडा सुनाए ।
उनले सबै समस्या संयोजकहरुलाई सोध्ने गरेकाले स्थानीयबासिन्दालाई जबाफ दिने कुनै बाटो नभएकाले यसबारे
प्रष्ट पार्नुपर्नेमा जोड दिए । अर्का जिज्ञासाकर्ता एमाओवादी निबुवाटारका मानबहादुर लामाले
निुबुवाटारमा सञ्चालित ५ वटा सडक योजना निर्माणका लागि बजेट अपुग भएको र कनिका छरेजस्तरी जिल्ला विकास
समितिले व्यवहार गरेको आरोप लगाए । सबै गुनासाकर्ताको जबाफ दिँदै जिल्ला प्राविधिक प्रमुख निर्मल
प्याकुरेलले दुध, तरकारी तथा पशुजन्य उत्पादनको बजार प्रवद्र्धनका लागि मोटरबाटो अनिबार्य भएकाले यस्ता
शीर्षकहरु प्राथमिकतामा रहने बताए । उनले आगामी दिनमा पनि प्राथमिकतामै राखेर जिल्ला विकास समितिले
व्यवहार गर्ने बताए । त्यसैगरी प्याकुरेलले राजनीतिक आधारमा कहिँकतै व्यवहार नगरिएको प्रष्ट पारे

केही बर्षअघि सम्म त्यस्ता राजनीतिक ब्यवहार हुनेगरेको पाइए
पनि हाल त्यस्ता कुनै पनि बदनियत कसैले नराख्नेगरेको उनले प्रष्ट पारे । सार्बजनिक सुनुवाईमा प्रमुख
अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले अहिले स्थानीय निकाय जनप्रतिनिधिबिहिन
भएकाले एकजना गाविस सचिवले ४५ जनाले गर्नुपर्ने काम एक्लैले गर्नुपरेको बाध्यता सुनाए । स्थानीय निकायको
निर्वाचन नभएसम्म यो समस्या जारी रहने भन्दै उनले निर्वाचनका लागि दबाब दिन राजनीतिक दलका नेताहरुलाई
आग्रह गरे । उनले भूकम्पपीडितहरुको पुनः क्षति बिवरण संकलनमा पनि जिल्ला दैविप्रकोप उद्धार समितिले
ध्यान दिएको बताए ।

नाकाबन्दीका कारण कार्यालयमा भीड बढेकाले
भूकम्पका बिषय ओझेलमा परेको उनको भनाई थियो । सार्वजनिक सुनुवाईअघि कार्यक्रमको संयोजन गरिरहेको नेपाल
पत्रकार महासंघका तर्फबाट निबुवाटार र भैँसे गाविसमा सञ्चालित योजनाहरुको कार्यसम्पादन र सेवाग्राहीका
धारणाहरुबारे तथ्यांकगत प्रस्तुति दिएको थियो । महासंघका सचिव कृष्ण सारुले महासंघले एकसाता लगाएर गरेको
सर्बेक्षणको प्रतिवेदन सार्वजनिक गरेका थिए भने जिल्ला विकास समितिका योजना अधिकृत किसान न्यौपाने,
भैँसे गाविसका सचिव शंकर थापा र निबुवाटार गाविसका सचिव माधव कँडेलले आफ्ना कार्यालयहरुबाट सम्पादन भएको
योजना र बजेट बिवरण सार्वजनिक गरेका थिए । स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाको सभाध्यक्षतामा
भएको कार्यक्रममा जनजाति समन्वय समितिका उपाध्यक्ष भवसागर श्रेष्ठ, राजनीतिक दलका तर्फबाट एमाओवादीका
बलराम बलले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ