2026-06-19 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिवल सुरु, सशस्त्र र आमीको विजयी सुरुवात

कात्तिक २१, हेटौंडा / हेटौंडा उपमहानगरपालिका–२९, बस्तीपुरमा शुक्रबारबाट
स्व. केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद समन्वय
समिति हेटौंडा–२९ को आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमा दुई खेल सम्पन्न भएका छन् । प्रतियोगिताको
उद्घाटन दिनमा एपीएफले महोत्तरीलाई २५–१८, २५–९ र २५–१६ को सेटमा पराजित गर्दै समूह ‘क’ को शीर्षस्थानमा
रहेको छ ।

नेपाल आर्मीले आयोजकलाई २५–७, २५–१९ र २५–१७ को सोझो
सेटमा पराजित गर्दै समूह ‘ख’को शीर्षस्थानमा रहेको छ । प्रतियोगिताको उद्घाटन नेपाली का“ग्रेसका
महामन्त्री कृष्ण सिटौलाले गरेका थिए । प्रतियोगिताको समूह ‘क’ मा एपीएफ, महोत्तरी, पूर्वाञ्चल र स्व.
लक्ष्मीनारायण ट्रष्ट छन् भने समूह ‘ख’ मा नेपाल आर्मी, पश्चिमाञ्चल, चितवन भलिबल संघ र आयोजक रहेको
संयोजक राजेश भेटवालले जानकारी दिए ।

वैशाख १२ गतेको भूकम्पमा
परेर ज्यान गुमाएका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत् भलिवलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको
योगदानलाई जीवन्त राख्ने र ग्रामीण स्तरमा समेत भलिवल खेल विकास गर्ने उद्देश्यसाथ आयोजना गरिएको आयोजक
सल्लाहकार तथा प्राविधिक संयोजक बसन्त सिटौलाले बताए । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना
हुने टिमले क्रमश ः नगद ७५ हजार, ४५ हजार, २५ हजार र १५ हजार रुपियाँ प्राप्त गर्ने बताइएको छ । वेष्ट
प्लेयर र प्रशिक्षकलाई नगद ७ हजार ५ सय रुपियाँ प्रदान गरिने छ भने अन्य उत्कृष्ट विधाका खेलाडीले नगद ३
हजार ५ सय रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ