2026-06-20 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

टेम्पो संघ द्धारा व्यवसायीलाई मासिक शुल्क छुट

कात्तिक २२, हेटौंडा । टेम्पो तथा मझौंला यातायात व्यवसायी
संघद्धारा सञ्चालित सबैं सवारीलाई संघले मासिक शुल्क छुट दिएको छ । भारतले गरेको नाकाबन्दीका कारण देशमा
बिद्यमान ईन्धन अभावलाई मध्यनजर गर्दै संघले आफ्ना व्यवसायीहरुलाई मासिक शुल्कमा छुट दिने निर्णय गरेको
टेम्पो तथा मझौंला यातायात व्यवसायी संघका अध्यक्ष प्रदिपराज गिरीले जानकारी दिनुभयो ।
ईन्धन अभावका
कारण संघमा आवद्ध व्यवसायीहरुले महङ्गो मुल्यमा ईन्धन खरिद गरेर आफ्ना सवारी सञ्चालन गरिरहेका कारण
मासिक शुल्क मिनाह गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सहज रुपमा ईन्धन नपाएका कारण अहिले
व्यवसायीहरुले प्रतिलिटर डिजेल २ सय ५० रुपैंयासम्म मुल्य तिर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरुको
गुनासो छ ।

भारतले नाकाबन्दी गरेपछी संघले जिल्ला प्रशासन कार्यालय संगको सहकार्यमा ३ पटक
ईन्धनको कुपन बितरण गरेको भएपनि त्यो पर्याप्त नभएको अध्यक्ष गिरीले बताउनुभयो । जिल्ला प्रशासन संगको
सहकार्यमा संघले बितरण गरेको कुपनको ईन्धनले एक दिन पनि सवारी चल्न नसक्ने गिरीको भनाई छ । टेम्पो तथा
मझौंला यातायात व्यवसायी संघद्धारा सञ्चालित २ सय १४ वटैं सवारीहरुलाई मासिक शुल्क छुट गरिएको गिरीले
जानकारी दिनुभयो ।
नाकाबन्दीका कारण ईन्धन अभाव भएपनि यात्रुहरुको सहजताका लागी सघले मासिक शुल्क छुट
गरेरैं भएपनि सेवा प्रदान गरेको गिरीको भनाई छ । अहिले देशमा राष्ट्रिय संकट परेको छ अध्यक्ष गिरीले
भन्नुभयो यस्तो बिषम परिस्थितीमा हामी व्यवसायीले पनि यात्रुहरुलाई सेवा दिनुपर्छ । महङ्गो मुल्यमा
ईन्धन खरिद गरेर सवारी सञ्चालन गर्नुपरेको भएपनि आफ्नो संघमा आवद्ध सवारीले यात्रु संग बढी भाडा नलिएको
गिरीको दावी छ । संघ द्धारा सञ्चालित सवारीलाई दैंनिक २५ सय लिटर ईन्धन आवश्यक पर्ने गिरीले जानकारी
दिनुभयो । टेम्पो संघले आफ्ना सवारीलाई मासिक शुल्क छुट दिएको भएपनि देशभर कैं ठुलो यातायात व्यवसायी
संस्थामा पर्ने नारायणी यातायात व्यवसायी
संघले कुनैं किसिमको छुट र सहुलियत दिएको छैंन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ