असोज १६, काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । 

<"/>
२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली काँग्रेसले चियापान कार्यक्रम नगर्ने

२०७३, १६ आश्विन आईतवार १३:०२

असोज १६, काठमाडौँ । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण कोजाग्रत पूर्णिमाका अवसरमा गर्दै आइएको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम यसवर्ष नगर्ने भएको छ । 

काँग्रेसले विसं २०३३ सालमा तत्कालीन पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदानप्रदान गर्दै आएको थियो । 

दुःख व्यक्त 

यसैबीच, नेपाली काँग्रेसले मकवानपुरमा आज तीनजनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेको छ । साथै काँग्रेसले घाइतेको उचित स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

हाँडीखोलाबाट हेटौँडाका लागि छुटेको बस आज हाँडीखोला–२ मकरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर