१७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, ज"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमको दशैं भक्तिभावमा केन्द्रित

१७ आश्विन २०७३, सोमबार ०३:५२

  • १७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलनहरु रहेका छन । सुदूरपश्चिममा दशैंको बेला खानपीन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ । डडेल्धुराका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु भएको छ । धेरैजसो नागरिकले नवरात्रीको ९ दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ । जिल्लाका उग्रतारा, घटालथान, शिव मन्दीर लगायतका मन्दिरमा जाग्राम बस्नेहरुको भीड लागेको छ । दशैंका बेला दिइने पशुबली पछिल्लो समयमा चलाइएको हुनाले पशुबली आवश्यक नरहेको जनाइएको छ । शास्त्रहरुमा गलत कर्मको बलिदिने, घमण्डको बलिदिने, अहंकारको बलिदिने कुराहरु उल्लेख गरिएको तर पशु बलि दिनुपर्ने कुरा कतै उल्लेख नभएको बताइएको छ । दुर्गा पक्षमा प्रत्येक दिन ९ ओटा भगवतीको पूजा गर्ने चलन रही आएको छ । आश्विन शुक्लपक्षको पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म हरेक दिन फरक फरक गरी नौ कन्याको पूजा गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम पाठ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ