2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

पुमा खोलामा आएको बाढीले घर बगायो

असोज १७, लमजुङ (बेसीसहर) । गएराति वर्षासँगै पुमा खोलामा आएको बाढीले एक घर बगाएको छ । पुमा खोलामा आएको बाढीले स्थानीय दलबहादुर तामाङको घर बगाएको हो । 

रातभरि वर्षा भएपछि खोलामा पानीको बहाव अत्याधिक बढेको थियो । खोलाले तामाङको घरसँगै पदम गुरुङको शौचालय र खेत पनि बगाएको छ । 

“राति सुतिरहेको बेला घर थर्कियो, के भयो भनेर उठ्दा घरभित्र पानी पसेर ढुङ्गा बज्रिएको रहेछ ।” दलबहादुरका छोरा सुरेन्द्र तामाङले भन्नुभयो “घरको सामान सार्ने अवस्था भएन, हामी घर छोडेर भाग्यौँ ।” 

दलबहादुरको घरमा किराना पसल पनि थियो । पसलको सामान पनि खोलाले बगाएको तामाङले बताउनुभयो । “दसँै व्यापारको लागि एक ट्रक सामान थियो, सबै खोलाले बगायो” तामाङले भन्नुभयो । 

खोलामा आएको बाढीले सडक पनि भत्किएको छ । सडक भत्किएपछि बेसीसहरबाट जिल्लाको उत्तरी भाग र मनाङतर्फ जाने सडक अवरुद्ध भएको छ । वर्षात्का कारण भौतिक क्षति गरे पनि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताउनुभयो । 

एक महिना अघि पनि पुमा खोलामा बाढी आउँदा दुई वटा भैँसी, खेत बगाएको थियो भने सडकमा व्यापक क्षति पु¥याएको थियो । बाढीका कारण बेसीसहरको मुख्य सडक मार्गबाट काठमाडौँ, पोखरालगायत बाहिर जाने सवारी पनि प्रभावित भएका थिए । बेसीसहर नजिकैका मजुवा खोला, गहिरी खोला, भकुण्डेको खहरे खोलामा अत्याधिक पानी भएपछि सवारी आवागमन हुने सकेको छैन् । 

बाढीले कहाँ के कति क्षति पु¥याएको छ भन्ने यकिन तथ्याङ्क आइनसकेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो