2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

निबुवाटारमा बाल संरक्षण अभिमुखिकरण सम्पन्न 

मङ्सिर ३, मकवानपुर । प्लान ईन्टरनेशनल मकवानपुरको सहयोग
तथा बाल कल्याण समाज मकवानपुर र गाउ बाल संरक्षण समिति निबुवाटारको संयुक्त आयोजनामा मकबानपुर जिल्लाको
निबुवाटारको गा.बि.स. कार्यालयमा एक दिबसीय बाल संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ

निबुवाटार गाउ बिकाश समितिका सचिब माधब प्रसाद कडेलको
सभाअध्यक्षता,जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत बिना प्युठानी , बाल कल्याण समाज मकवानपुरका
जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा तथा प्लान ईन्टरनेशनलको बिकाश संयोजक सरस्वती लामाको आतिथ्यता
रहेको अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक बिना प्युठानीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा बडा
नागरिक मन्च का संयोजकहरु लक्ष्मि मगर, भुबन सि लामा, भुमिचुलि प्रा.बि को प्र. अ. रमिला सापकोटा, गाउ
बाल संरक्षण समितिको सचिब नबराज अधिकारि, कोषाध्यक्ष अन्जु लामा शिक्षिका कान्छि थापा, सहजकर्ता कासिराम
बज्यु र राजनैतिक दलहरुको समेत उपस्थिती रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा बाल अधिकार र बाल संरक्षण, बालबालिकालाई जोखिम वा हानि पुर्याउने गलत
कार्यहरु र त्यसबाट संरक्षण, दुब्र्यबहार, भेदभाब, शारिरिक यातना वा हिंसा, शोषण, बालबालिका जोखिममा
पर्ने कारणहरु र असरहरु, गाउ बाल संरक्षण समिति के हो ?, यसका काम कर्तब्य र अधिकारहरु के के हुन,
प्राकृतिक प्रकोपको अबस्थामा थप कार्यहरु के के गर्न सकिन्छ ?,भुईचालो लगायतको दैबि प्रकोप जस्ता
आपतकालिन अबस्थामा बाल संरक्षणका लागि गाउ बाल संरक्षण समितीको भुमिका बारे छलफल, गाउ बाल संरक्षण
समितिको आगामि कार्य योजना र मासिक बैठकको महत्व आदिको बिषयमा छलफल भएको थियो । कार्यक्रममा २९ जनाको
सहभागिता रहेको थियो । उक्त अबसरमा जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत बिना प्युठानी र बाल
कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, गा.बि.स सचिब माधब प्रसाद कडेलको उपस्थितीमा
गा.बि.स.मा भएको बैठकले भाबि कार्ययोजनाको बारेमा समेत छलफल गरेको थियो ।

छलफलको क्रममा बालबालिकाको जन्म दर्ता , बाल क्लबको गठन र ब्यबस्थापन, पढाई छोडेर बसेका
बालबालिकालाई बिधालय सहयोग, बाल अधिकार र कर्तब्य सम्बन्धि अभिमुखिकरण लगायतको कार्यक्रम प्राथमिकिकरण
हुन पर्ने बारे सहभागिहरुबाट आएको थियो । गा.बि. स. सचिब माधब प्रसाद कडेलले यस बारेमा गा.बि.स.ले
बृहतरुपमा बडा स्तरमा छलफल चलाउने बताउदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित