९ जेष्ठ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

क्षमता अभिवृद्धि तालिम सम्पन्न

३ मंसिर २०७२, बिहीबार ०४:१०

मङ्सिर ३, हेटौडा । ‘बालबालिका माथि हुने हिंसा रोकौं’ भन्ने मूल नाराका साथ २०
नोभेम्बर अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा ‘बालक्लवहरुको क्षमता अभिवृद्धि’ विषयक २ दिने तालिम
हेटौंडामा सम्पन्न भएको छ ।

सो तालिममा बालअधिकार, बालसंरक्षपण,
बालविवाह, बालबालिकामाथि हुने सबै खाले हिंसा, दुव्र्यवहार, ओसार–पसार, बालबालिकाको व्यक्तित्व विकास,
बालमैत्री स्थानीय शासन, जिल्ला कल्याण समितिका काम कर्तव्य लगायत विषयमा सिविन नेपालका जिल्ला संयोजक
झबिन्द्र ज्ञवाली, हेटौडा उपमहानगरपालिकाका प्रवन्धक भिम तिमल्सीना, पत्रकार रिपेश दाहाल, प्रमुख महिला
विकास अधिकृत शोभा शाहले सहजीकरण गर्नु भएको थियो । सिविन बालहेल्पलाइन र हेटौंडा उपमहानगरपालिकाको
संयुक्त आयोजना एंव जिल्ला बालकल्याण समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

नगरस्तरी बालक्लब सञ्जालकी अध्यक्ष रोनिसा फुंयालको सभाध्यक्षता एवम् हेटौंडा
उपमहानगरपालिका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गैससका अध्यक्ष कृष्ण धिताल, प्रमूख महिला विकास अधिकृत शोभा शाह लगायतले मन्तव्य व्यक्त
गर्नुभएको थियो । २ दिनसम्म संचालन भएको तालिममा हेटौंडा उपमहानगरपालिका वडा नं. १ देखि २९ सम्मका
बालक्लवका सदस्यहरु गरि ६५ जना बालबालिकाको सहभागिता रहेको बालहेल्पलाइनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ पूर्वराजाको राजावादी नेताहरूसँग लन्च मिटिङ रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा,कहिले आउँछ आदेश पेस्तोल र गोलीसहित दुई जना पक्राउ ‘मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार बजेट’ राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू ‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’ रवि र छविको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी वकिलको बहस अन्तिम चरणमा परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्छ: मानव अधिकार आयोग चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि,२ दिन म्याद थप सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत