२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

दुधे बच्चा छाडेर जाँदा पनि एक किलो चामल पाइएन

१८ आश्विन २०७३, मंगलवार ०७:३६

असोज १८,  जाजरकोट । नायकवाडा–९ धुमाकी आइती चलाउने आठ महिने दुधे छोरा अर्काको जिम्मा छाडेर बिहानै घाट डिपोमा चामल लिनका लागि निस्कनुभयो । करिब चार घन्टा पैदलहिडेर हिँडेर खाद्य डिपोमा पुग्दा नपुग्दै आएको सबै चामल सकियो । एकातिर दुधे छोरा छोड्नुपर्दाको अवस्था, अर्कोतिर चामल नपाउनुको पीडा आइतीलाई पीडा खपिनसक्नुभयो । 

आइती जस्तै नायकवाडाकै वडा ८ ताँसीबाट दसैँका लागि चामल पाउने आशामा घाट डिपोमा आउनुभएका पवन विकले पनि एक गेडा चामल पाउनुभएन । घरमा छ दिनकी सुत्केरी छोडेर आएको बताउने पवन श्रीमतीलाई खुवाउने र दसैँ मनाउने चामल लिन डिपो आउनुभएको थियो । न उहाँकी श्रीमतीले भात खान पाउने अवस्था भयो न त उहाँको दसैँमा भातले खुसी ल्याउने भयो । हुनेखानेका लागि घरमा महँगो चामल र खसीको व्यवस्था गरिने र तर हुँदा मात्र खानेले भने आँसु पुच्छदै बस्नुपर्ने बाध्यता यहाँका बासिन्दाको छ । 

आइती र पवनभन्दा अघि आएर चामल पाएका स्थानीयवासीले पनि दुई किलोदेखि पाँच किलोसम्म चामल सीमित व्यक्तिले मात्र पाएका थिए । बारेकोटको जनसङ्ख्या करिब १८ हजारको हाराहारीमा छ तर यो जनसङ्ख्यालाई ८१ क्विन्टल चामलले दसैँ र तिहार मनाउनुको विकल्प छैन । 

यो जिल्लाको सबैभन्दा बढी दुर्गम र पिछडिएको क्षेत्र हो । यहाँ नायकवाडा, रोकायगाउँ, रामीडाँडा र सक्ला गाविस छन् । जिल्लाकै सबैभन्दा उत्पादनका हिसाबले कम उत्पादन हुने क्षेत्र पनि यही हो । 

उच्च हिमाली क्षेत्र भएका कारण सहजै खाद्यान्न ढुवानी कार्य पनि सहज छैन । प्रहरीको घेरामा खाद्यान्न वितरण गर्दा पनि एक किलो चामल नपाउनुको पीडा कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । 

वर्षायाममा भत्किएको बाटो मर्मत नहुनु र नलगाड जलविद्युत् आयोजनाका लागि पहुँच मार्ग निर्माण भइराखेकाले खाद्यान्न ढुवानी गर्ने बाटोसमेत अवरुद्ध भएको वीरेन्द्र ऐश्वर्य उच्च माविका प्राचार्य गोरखबहादुर सिंह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “साँच्चिकै बारेकोटलाई राज्यले न्याय गर्ने हो भने हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्छ” । 

“बारेकोटवासीलाई प्रत्येक वर्ष आउने दसैँ, तिहारजस्ता पर्वले हाँसो अनि खुसी मात्र बोकेर ल्याउँदैन, पीडा पनि सँगै बोकेर ल्याएको हुन्छ ।” रामीडाँडा सिर्पाचौरका हरिबहादुर थापाले बेदना सुनाउहुन्छ, “सदरमुकामबाट करिब तीन दिनको दूरीमा रहेको यस क्षेत्रमा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ढुवानी गरेको खाद्यान्न र अन्य दैनिक उपभोग्य सामग्रीभन्दा ढुवानी भाडा बढी तिर्नुपर्ने पीडाले गर्दा यहाँ ल्याइएका वस्तुहरु छोइनसक्नु छ ।” 

यहाँका अधिकांश पुरुष भारतमा कमाइका लागि जाने हुँदा घरमा बच्चाबच्ची र महिला मात्र हुने गर्छन् । काम गर्न सक्ने उमेरका सबै युवाले घर छाड्ने चलनले पनि अधिकांश खाद्यान्न वस्तु आयात गर्नुपर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव