सन्तोषकुमार गुप्ता । असोज १८ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छठ पर्व सम्मका लागि स्थगीत गरिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज १८ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छठ पर्व सम्मका लागि स्थगीत गरिएको छ । "/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सुरक्षा व्यवस्थापनको कारण देखाउँदै छठ पर्व सम्मका लागि भालुवाङमा सुचना तथा व्यापारिक मोहत्सव स्थगीत

१८ आश्विन २०७३, मंगलवार १३:५६

सन्तोषकुमार गुप्ता । असोज १८ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छठ पर्व सम्मका लागि स्थगीत गरिएको छ । दशैँ तिहारको बीचमा सुरक्षा व्यवस्थापन अन्यत्र गर्नु पर्ने कारण देखाउँदै आर्को सुचना जारी नगर्दा सम्मका लागि मोहत्सव स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले जानकारी दिए ।    

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको सुरक्षा समितीको बैठकले चार्ड पर्वका समयमा सबै ठाउँमा प्राप्त सुरक्षा व्यवस्थापन गर्नु पर्ने र मोहत्सवलाई आवश्यक सुरक्षा दिन नसक्ने कारण देखाउँदै असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म भालुवाङ पुलचोकको निर्माणधिन बसपार्कमा सञ्चालन हुन लागेको राप्तीद्धार सुचना तथा व्यापारिक मोहत्सव स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी काफ्ले जानकारी दिए । चार्डपर्वका समयमा जिल्लामा हुन सक्ने सम्भावित लुटपात, चोरीडकैती, झगडा तथा अपराधिक घटना हुन नदिन जिल्लामा रहेको सम्पूर्ण सुरक्षा संयन्त्रण सबै ठाउँमा परिचालन गर्दा मोहत्सवलाई सुरक्षा दिन नसक्ने अवस्था भएकोले समेत तत्कालका लागि मोहत्सव स्थगित गरिएको प्रजिअ काफ्लेले बताए । साथै मोहत्सवका लागि भालुवाङबाटै उद्योगी, व्यापारी, राजनितिकदल र राप्ती उद्योग बाणिज्य संघबाटै बिरोध आएकाले तथा उहाँहरुबाट मोहत्सव छठ पर्व पछि मात्र सञ्चालनका लागि गरिएको आग्रहलाई मध्यनजर गदै मोहत्सव सारिएको काफ्लेको भनाई छ । स्थानिय सुरक्षा संयन्त्रणबाट पाप्त सुचना अनुसार बिरोधका बागजुट मोहत्सव सञ्चालन गर्दा झडप समेत हुन सक्ने प्राप्त जानकारी अनुसार हामीले मोहत्सव स्थगित गरेका हौँ प्रजिअ काफ्ले बताए ।

यस अघि राप्ती उद्योग बाणिज्य भालुवाङको आयोजनामा सोमबार भालुवाङमा सम्पन्न सर्वदलिय सर्वपक्षीय भेलाले समेत दशैँ, तिहार र छठ पर्वको बीचमा मोहत्सव नलागाउन आयोजक संघ पटक—पटक आग्रह गर्नुका साथै सोही मितिमा मोहत्सव सञ्चालन गरे कुनै सहयोग र समर्थन नरहने भन्दै बिरोध जनाएका थिए । दशै तिहारको बीचमा स्थानिय व्यापारीको हकहित संरक्षणका लागि समय प्रतिकुल रहेकोले तत्काल मोहत्सवको मिति सार्न र छड पर्व पछि अनुकुल समयमा राप्ती उद्योग बाणिज्य संघ, सम्पूर्ण राजनितिकदल, समाजसेवी, बुद्धिजिवी, उद्योगी, व्यापारी, पत्रकारको सहकार्य र सहमतिमा मात्र मोहत्सव सञ्चालन गर्ने गरी हालको मोहत्सव आयोजक, जिल्ला प्रशासन कार्यालय दाङ र स्थानिय प्रशासन संग आग्रह समेत गरेका थिए । यता स्थानिय व्यापारीहरुले भने सोही मितिमा मोहत्सव सञ्चालन गरे कडा प्रतिकारमा उत्रिने चेतावनी समेत दिंदै आएका थिए ।     

यता मोहत्सव आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक तथा इन्द्रणी युवा क्लब पुल्चोक भालुवाङले भने सोही मिति मै मोहत्सव सञ्चालन हुने भन्दै प्रचारप्रसारलाई तीब्र बनाउनुका साथै मोहत्सव स्थलमा स्टल बनाउने काम समेत शुरु गरेका थिए । जिल्ला प्रशासन कार्यालय दाङले स्वीकृत दिएको असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म नै मोहत्सव सञ्चालन गरेरै छाड्ने भन्दै स्थानिय उद्योगी, व्यापारी, राजनितिक तथा राप्ती उद्योगी बाणिज्य संघको कडा बिरोधलाई व्यवास्ता गदै मोहत्सव तयारी तीब्र बनाएका थिए । मोहत्सवको मिति सारी छठ पर्व पछि सञ्चालन गर्न स्थानिय सरोकारवालाहरुले पटक—पटक आग्रह गर्दा समेत आयोजकले सोही मिति मै मोहत्सव सञ्चालनको अडान लिएका थिए । मोहत्सव सञ्चालनका लागि कलाकार समेत बुकिङ्ग गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव