सन्तोषकुमार गुप्ता । असोज १८ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छठ पर्व सम्मका लागि स्थगीत गरिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज १८ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छठ पर्व सम्मका लागि स्थगीत गरिएको छ । "/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सुरक्षा व्यवस्थापनको कारण देखाउँदै छठ पर्व सम्मका लागि भालुवाङमा सुचना तथा व्यापारिक मोहत्सव स्थगीत

२०७३, १८ आश्विन मंगलवार १३:५६

सन्तोषकुमार गुप्ता । असोज १८ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छठ पर्व सम्मका लागि स्थगीत गरिएको छ । दशैँ तिहारको बीचमा सुरक्षा व्यवस्थापन अन्यत्र गर्नु पर्ने कारण देखाउँदै आर्को सुचना जारी नगर्दा सम्मका लागि मोहत्सव स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले जानकारी दिए ।    

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको सुरक्षा समितीको बैठकले चार्ड पर्वका समयमा सबै ठाउँमा प्राप्त सुरक्षा व्यवस्थापन गर्नु पर्ने र मोहत्सवलाई आवश्यक सुरक्षा दिन नसक्ने कारण देखाउँदै असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म भालुवाङ पुलचोकको निर्माणधिन बसपार्कमा सञ्चालन हुन लागेको राप्तीद्धार सुचना तथा व्यापारिक मोहत्सव स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी काफ्ले जानकारी दिए । चार्डपर्वका समयमा जिल्लामा हुन सक्ने सम्भावित लुटपात, चोरीडकैती, झगडा तथा अपराधिक घटना हुन नदिन जिल्लामा रहेको सम्पूर्ण सुरक्षा संयन्त्रण सबै ठाउँमा परिचालन गर्दा मोहत्सवलाई सुरक्षा दिन नसक्ने अवस्था भएकोले समेत तत्कालका लागि मोहत्सव स्थगित गरिएको प्रजिअ काफ्लेले बताए । साथै मोहत्सवका लागि भालुवाङबाटै उद्योगी, व्यापारी, राजनितिकदल र राप्ती उद्योग बाणिज्य संघबाटै बिरोध आएकाले तथा उहाँहरुबाट मोहत्सव छठ पर्व पछि मात्र सञ्चालनका लागि गरिएको आग्रहलाई मध्यनजर गदै मोहत्सव सारिएको काफ्लेको भनाई छ । स्थानिय सुरक्षा संयन्त्रणबाट पाप्त सुचना अनुसार बिरोधका बागजुट मोहत्सव सञ्चालन गर्दा झडप समेत हुन सक्ने प्राप्त जानकारी अनुसार हामीले मोहत्सव स्थगित गरेका हौँ प्रजिअ काफ्ले बताए ।

यस अघि राप्ती उद्योग बाणिज्य भालुवाङको आयोजनामा सोमबार भालुवाङमा सम्पन्न सर्वदलिय सर्वपक्षीय भेलाले समेत दशैँ, तिहार र छठ पर्वको बीचमा मोहत्सव नलागाउन आयोजक संघ पटक—पटक आग्रह गर्नुका साथै सोही मितिमा मोहत्सव सञ्चालन गरे कुनै सहयोग र समर्थन नरहने भन्दै बिरोध जनाएका थिए । दशै तिहारको बीचमा स्थानिय व्यापारीको हकहित संरक्षणका लागि समय प्रतिकुल रहेकोले तत्काल मोहत्सवको मिति सार्न र छड पर्व पछि अनुकुल समयमा राप्ती उद्योग बाणिज्य संघ, सम्पूर्ण राजनितिकदल, समाजसेवी, बुद्धिजिवी, उद्योगी, व्यापारी, पत्रकारको सहकार्य र सहमतिमा मात्र मोहत्सव सञ्चालन गर्ने गरी हालको मोहत्सव आयोजक, जिल्ला प्रशासन कार्यालय दाङ र स्थानिय प्रशासन संग आग्रह समेत गरेका थिए । यता स्थानिय व्यापारीहरुले भने सोही मितिमा मोहत्सव सञ्चालन गरे कडा प्रतिकारमा उत्रिने चेतावनी समेत दिंदै आएका थिए ।     

यता मोहत्सव आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक तथा इन्द्रणी युवा क्लब पुल्चोक भालुवाङले भने सोही मिति मै मोहत्सव सञ्चालन हुने भन्दै प्रचारप्रसारलाई तीब्र बनाउनुका साथै मोहत्सव स्थलमा स्टल बनाउने काम समेत शुरु गरेका थिए । जिल्ला प्रशासन कार्यालय दाङले स्वीकृत दिएको असोज २८ गते देखि कात्र्तिक ८ गते सम्म नै मोहत्सव सञ्चालन गरेरै छाड्ने भन्दै स्थानिय उद्योगी, व्यापारी, राजनितिक तथा राप्ती उद्योगी बाणिज्य संघको कडा बिरोधलाई व्यवास्ता गदै मोहत्सव तयारी तीब्र बनाएका थिए । मोहत्सवको मिति सारी छठ पर्व पछि सञ्चालन गर्न स्थानिय सरोकारवालाहरुले पटक—पटक आग्रह गर्दा समेत आयोजकले सोही मिति मै मोहत्सव सञ्चालनको अडान लिएका थिए । मोहत्सव सञ्चालनका लागि कलाकार समेत बुकिङ्ग गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल