मनिष गुप्ता | असोज १८, कपिलवस्तु । बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा  सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता | असोज १८, कपिलवस्तु । बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा  सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आठ दिन नपुग्दै दुई टाउके नवशिशुको मृत्यु

१८ आश्विन २०७३, मंगलवार १६:५३

मनिष गुप्ता | असोज १८, कपिलवस्तु । बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा  सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ ।

आर्थिक अभावले उपचार गराउन नसकेपछि शिशुको मृत्यु भएको हो । जिल्लामा पहिलो पटक अनौठो शिशु (बालिका) को जन्म भएको थियो । निम्न परिवारमा जन्मिएकी अनौठो बालिकाले समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको स्थानीय दिनेश चौधरीले जानकारी दिनुभयो । दुई टाउका भएको शिशु जन्मिएको विभिन्न संचारमाध्यमले सम्प्रेषण÷प्रसारण गरेको खबरले विभिन्न व्यक्ति अनौठो शिशु हेर्न त्यहाँ पुगे । आर्थिक अभावकै कारण छोरीको उपचार गराउन नसकेको जाबेद पठानले दुःखेसो पोख्नुभयो । सम्बन्धित निकायले समेत उपचारमा कुनै चासो देखाएनन् उहाँले गुनासो गर्नुभयो ।

दुई टाउकामध्ये शिशुको सानो टाउकोमा अनुहारका सम्पूर्ण आकृति विकास भएपनि ठूलो टाउकोमा अनुहारको आकृति विकास भएको थिएन । शिशु जन्मेको चौथो दिनसम्म दुध चुस्ने गरेपनि पाँचौं दिन स्वास्थ्य अवस्था खराब भई मंगलबार विहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ । शिशु गुमाउनुपरेकोमा अहिले परिवार चिन्तित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार