2026-08-30 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रामेश्वरमा बिद्ध्युतीय पुस्तकालय स्थापना

असोज १९, चितवन | चितवन जिल्लाकै उत्कृष्ट पुस्तकालय मध्येमा पर्ने भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा ई–लाइब्रेरी स्थापना भएको छ । 

नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा यहाँ विद्युतीय पुस्तकालय स्थापना गरिएको हो । 

उक्त संस्थाको सहयोगमा १० वटा सुविधायुक्त कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालन गरिएको पुस्तकालयका सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि सञ्चालनमा आएको विद्युतीय पुस्तकालयको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभयो । उहाँले पुस्तकालयका लागि रु दुई लाख आर्थिक सहयोग पनि गर्नुभएको छ । 

उद्घाटनपछि सङ्क्षिप्त मन्तव्य दिनुहुँदै घलेले सामूहिकताले मात्रै समाजको विकास हुने भएकाले एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेले रामेश्वर पुस्तकालयलाई नमुनाका रुपमा विकास गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो । विसं २०५५ सालमा स्थापना भएको उक्त पुस्तकालयमा धर्म, दर्शन, सामान्य ज्ञान, सामाजिक विज्ञान, भाषा, शुद्धविज्ञान प्रविधि कला, साहित्य, इतिहास तथा भूगोलसम्बन्धी सयाँै पुस्तक राखिएका छन् । 

यो पुस्तकालय सञ्चालनका लागि आर्थिक जोहो गर्न यहाँ २०६८ सालमा महायज्ञसमेत गरिएको थियो । चितवनका स्कुलमा विद्युतीय पुस्तकालयका लागि नेपाल सरकारले नै अनुदान दिँदै आएको भएपनि आर्थिक अभावका कारण बाह्य पुस्तकालय धेरैजसोमा ई–लाइब्रेरी बनाउन सकिएको छैन । स्कुलमा धेरै पुस्तकालयमा भने ई–लाइब्रेरी सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यको भनाइ छ । 

रत्ननगरको रोटरी लाइब्रेरी, झुवानी सामुदायिक पुस्तकालय, दोभान पुस्तकालय, माडीको गर्दीलगायत केही पुस्तकालयले नमुना काम गरिरहेका भएपनि केही पुस्तकालयको अवस्था भने नाजुक छ । भरतपुर लङ्कुको ज्ञानज्योति पुस्तकालयलाई हार्डवेयर गोदाम बनाएर राखिएको पाइएकाले यहाँका कतिपय पुस्तकालयको अवस्था जीर्ण भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने