२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी दोस्रो स्थानमा, स्वास्थ्यकर्मी सम्मानित

२०७३, १९ आश्विन बुधबार ०३:५६

असोज १९, बैतडी । क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीको मूल्याङ्कनमा बैतडीले दोस्रो स्थान ओगट्न सफल भएको छ । 

गत वर्ष जस्तै अछाम यो वर्ष पनि पहिलो स्थानमा आएको छ । स्वास्थ्य मन्त्रालयले तय गरेका विभिन्न ३५ ओटा सूचकका आधारमा जिल्लाको मूल्याङ्कन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत बन्दना भट्टले जानकारी दिनुभयो । 

कैलालीको धनगढीमा सञ्चालित क्षेत्रीय समीक्षा गोष्ठीमा जिल्लाले गत आर्थिक वर्षमा सम्पादन गरेको कार्यका आधारमा मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो । निर्देशनालयको मूल्याङ्कनअनुसार अछाम ९२.३७ प्रतिशत अङ्कसहित प्रथम, ९०.४१ अङ्कसहित बैतडी दोस्रो र ८९.०३ अङ्कसहित बझाङ तेस्रो स्थान ओगट्न सफल भएका छन् । 

सुदूरपश्चिममा डोटी चौथो स्थानमा आएको छ भने बाजुरा पाँचौँ स्थानमा रहेको छ । यस्तै, डडेल्धुरा छैटौँ, कञ्चनपुर सातौँ र दार्चुला नवौँ स्थानमा पुगेको छ । यो क्षेत्रको अन्य विकासको तुलनामा अगाडि रहे पनि कैलाली स्वास्थ्य सूचकाङ्कमा भने पुछारमा रहेको छ । 

मन्त्रालयले तय गरेका ३५ ओटा सूचकअन्तर्गत कार्यक्रमको प्रगति विवरण, कार्य सम्पादन, आर्थिक पारदर्शिता, बेरुजु फछ्र्यौट, महिला स्वास्थ्य स्वयम्सेविकाको परिचालन लगायतका आधारमा मूल्याङ्कन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको क्षय कुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो । 

अङ्कको हिसाबले बैतडीले विगतको भन्दा निकै प्रगति गरेको पाइएको छ । आव २०६८/६९ मा सुदूरपश्चिम क्षेत्रको पुछारमा रहेको बैतडीको विगत दुई वर्षयता दोस्रो स्थानमा रहँदै आएको छ भने राष्ट्रियस्तरमा चौथो नम्बरमा पर्न सफल भएको छ । 

आगामी दिनमा बैतडीलाई स्वास्थ्यको नमुना जिल्ला बनाउने र पहिलो नम्बरमा ल्याउनका लागि आफूहरुले सामूहिक कार्य गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । 

अङ्कका हिसाबले हामी धेरै अगाडि पुगिसकेका छौँ उहाँले भन्नुभयो, “अछामको प्रगतिबाट पनि केही सिकाइ भएको र आगामी दिनमा प्रथम स्थानका लागि हामी प्रयास गर्नेछौँ ।” 

उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ६ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानित गरिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत उनीहरुलाई मंगलबार सम्मानित गरेको हो । 

सम्मानित हुनेमा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्ट, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप अधिकृत भोजराज भट्ट, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्ट, जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका पब्लिक हेल्थ नर्स पशुपति सिंह, जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक रमेश मलासी र जिल्ला स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक गङ्गाप्रसाद जोशी रहनुभएको छ । 

सम्मानित स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्री गगनकुमार थापाले दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभएको हो । 

सम्मानित भएपछि रासससँग कुराकानी गर्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्टले आफूहरुलाई अझै काम गर्ने हौसला मिलेको बताउनुभयो । पूर्ण खोप अभियानका साथसाथै स्वास्थ्यका अन्य अभियान पनि सम्पन्न भएका र बैतडीमा पूर्ण संस्थागत सुत्केरी अभियानका लागि आफूहरु लागिपर्ने उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा