2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

शैक्षिक गन्तव्यका लागि ५७ बुंदे निर्देशन

मङ्सिर ७, हेटौंडा । शैक्षिक सूधार गरी मकवानपुरलाई शैक्षिक गन्तव्य बनाउने
वातावरण निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरले सम्बन्धित निकायलाई निर्देशन दिएको छ

जिल्ला शिक्षा कार्यालयले गतवर्ष शिक्षा समिति, सभाषद लगायत
सरोकारवाला निकायले गरेको निर्णय शैक्षिक गन्तव्य मकवानपुर निर्माण गर्ने कार्यलाई कार्यान्वयन गर्नका
लागि ५७ बुंदे निर्देशन जारी गरेको हो । सोमबार जिल्ला शिक्षा कार्यालय मकवानपुरमा सरोकार निकायको बैठक
बस्दै शिक्षक, स्रोत व्यक्ति र बिद्यालय निरिक्षकलाई निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी अम्बिका
प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा विभागका निर्देशकले नै शिकाई सूधारलाई अगाडी
बढाउन आवश्यक पहल थालिसकेको उल्लेख गर्नुहुँदै अरु जिल्लामा भन्दा पृथक रुपमा अघि बढ्ने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी आचार्यका अनुसार जिल्लाको शैक्षिक अवस्थाका बारेमा शिक्षक प्रोफाईल, बिद्यालय
प्रोफाइल, स्रोतकेन्द्र र जिल्ला प्रोफाईल निर्माण गरिने बताउनुभयो ।

यस्तै, कक्षागत रुपमा अभिभावक भेला, अभिभावक वडापत्र र शिकाईवडापत्र राख्ने, बिद्यार्थीको
रुटीन, शिकाई उपलब्धी बृद्धी गर्न बिद्यार्थीका लागि सार्प कार्यक्रम, शिक्षक डायरी, शिक्षकका नजरमा
शिक्षक, दिगो विकासका लागि शिक्षा, प्रत्येक बिद्यार्थीमा लैंगिक फोकल पर्सन, बिद्यालय व्यवस्थापन समिति
गठन, लगायतका कार्यक्रम अघि बढाईने उल्लेख गरिएको छ । यसैगरी बिद्यालयमा जंक फुड निशेध गरी शान्ति समिति
निर्माण गरी सक्रीय बनाईने बताइएको छ ।

यस्तै स्रोतकेन्द्रले
शिक्षकले पढाएको भिडियो खिच्ने, कमीकमजोरी हटाउने, शिक्षक हाजिरीजवाफ, लगायत कार्यक्रम सञ्चालन गरिने
उल्लेख छ । बैशाख दोस्रो हप्ता शैक्षिक सामाग्री निर्माण सप्ताह र ज्येष्ठ ८ गते छात्रबृत्ति वितरण दिवस
मनाईने बताइएको छ । शिक्षा अधिकारी आचार्यले चुनौतीका बीच पनि कार्यक्रमहरु लागु हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो