नरी बडु | असोज २०, बैतडी | राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | असोज २०, बैतडी | राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चितुवा मार्न गएका प्रहरीलाई उपकरण हस्तान्त्रण

२० आश्विन २०७३, बिहीबार १४:५५

नरी बडु | असोज २०, बैतडी | राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न प्रयोग हुने उपकरण प्रहरीलाई हस्तान्तरण गरेको छ ।  

बिहिबार उदयदेव गाविसमा एक कार्यक्रमका बिच करिब ५० हजार बरावरको उपकरण हस्तान्तरण गरिएको हो । उदयदेव गाविस कार्यलय मार्फत प्रहरी टोलीलाई १ थान दुरपिन र ४ थान हाई पावरका टर्च लाइट हस्तान्तरण गरिएको गाविसका प्राविधिक लक्ष्मण महताले बताए । 

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछी जिल्ला सुरक्षा समितिको भदौ १९ गतेको बैठकले चितुवा मार्ने निर्णय गर्दै प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरेको थियो । सोहि निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बैतडीले प्रभावित क्षेत्रमा १५ जनाको प्रहरी टोली खटाएको छ । 

प्रभावित क्षेत्रमा खटाईएको प्रहरी टोलीले यसअघि उपकरण अभावमा चितुवा मार्न नसकिएको बताएको थियो । यसअघि विभिन्न सञ्चारमाध्यममा उपकरण नहुदा चितुवा मार्न नसकिएको भन्ने समाचार सुनेर प्रहरीलाई चितुवा मार्न सनिलो होस भनेर उपकरण हस्थान्तरण गरिएको राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र महताले बताए । 

चितुवाले श्रृङखलाबद्घ रुपमा मानिसमाथि आक्रमण गर्न थालेपछी प्रभावित तल्लोस्वराडका स्कुले विद्यार्थी र स–साना बालबालिकालाई बढी असर परेकोले उपकरण हस्तान्त।ण गरिएको हो । राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न प्रयोग हुने उपकरण प्रहरीलाई हस्तान्तरण गरेपछी आफुहरु चितुवा मर्नेमा आशावादी भएको स्थानिय रोसन साउदले बताए ।

तल्लोस्वराडमा गएको भदौ महिनामा दुई बालिका गरी वि स २०६८ सालदेखि हाल सम्म २२ जनाको चितुवाको आक्रमणवाट ज्यान गईसकेको छ । 

क्याप्सनः राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र महता उदयदेव गाविस मार्फत बैतडीको तल्लो स्वराडमा चितुवा मार्न खटिएको प्रहरी टोलिलाई उपकरण हस्तान्त्रण गर्दै |

(रोसन साउदको फेशबुकबाट) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू