कमल रावल | असोज २०, अछाम | अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३  हुने भएको छ । राष्ट्रिय तथा स्थानि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
कमल रावल | असोज २०, अछाम | अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३  हुने भएको छ । राष्ट्रिय तथा स्थानि"/>
२८ पुष २०८२, सोमबार
अछाम - ACM

अछामको तुर्माखादमा बृहत सांस्कृतिक महोत्सव हुँदै

२० आश्विन २०७३, बिहीबार १५:०२

कमल रावल | असोज २०, अछाम | अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३  हुने भएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुका वेजोड प्रस्तुतिका साथमा यहि कात्तिक ७, ८ र ९ गते भब्य कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । 

दिपावलिको अवसर पारेर तुर्माखाँद युथ एण्ड स्पोर्ट क्लबको आयोजनामा आफनो कला संस्कृत बचाउनका लागि महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष बम बहादुर बुढाले बताउनु भयो । कार्यक्रमलाई सफल पार्नका लागि जिल्लास्तर तथा छिमेकि जिल्लामा प्रचारप्रसारको कार्य अघि बढाईएको उहाँले बताउनु भयो । ३ दिन सम्म चल्ने महोत्सवमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी, गोपाल नेपाल जिएम, अनिता चलाउने, तुल्सी घर्तिमगर, चिरञ्जीवी सापकोटा लगाएत स्थानिय तथा राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहने भएका छन । 

यस्तै अन्य कलाकार सागर देव, फराज अर्पण, पुथ्वी शाही, दिलिप भाईरस, सुरेन्द्र बुढा, जोसेफ शाही, अमृता लामिछाने, डम्मर विक, सागर प्रसाई, सरला शाही, धिरेन्द्र शाही, उपेन्द्र विसि लगाएतका समेत आफना आफना प्रस्तुती रहने भएका छन । सास्कृतिक महोत्सवकै अवसरमा कात्तिक ९ गते बाटै खुल्ला भलिवल प्रतियोगिताको आयोजना समेत गरिएको छ । अछाम, कालिकोट, दैलेख तथा सुर्खेत जिल्लाको भलिवल टिमको सहभागिता रहने प्रतियोगितामा उपाधि जित्नेले नगद २० हजार हात पार्नेृ क्लबका सदस्य पुथ्वी शाहीले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला