कमल रावल | असोज २१, अछाम | यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | असोज २१, अछाम | यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ सम्पन्न

२१ आश्विन २०७३, शुक्रबार ०२:५२

कमल रावल | असोज २१, अछाम | यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको समापन कार्यक्रममा अछाममा न्यायधिश हरि प्रसाद शर्मा उपाध्याय,पँगेनी प्रमुख अथिती रहनु भएको थियो । 

“कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका अछामको खुल्ला मंञ्मा ७ दिन सम्म चलेको सास्कृतिक उत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारले आफना थुप्रै प्रस्तुती राखेका थिए । समापन कार्यक्रममा बोल्ने अंधिकाश बक्ताले जिल्लाको भाषा कला जगेर्नाका लागि साँस्कृतिक महोत्सवले ठुलो योगदान दिएको बताएका थिए । थुप्रै समस्याका बिच पनि एक हप्ता सम्म स्थानिय र राष्ट्रिय कलाकारलाई एकै ठाउमा भेटगराई कला सस्कृति जगेर्ना गर्न ठुलो योगदान पुरयाएकाले आयोजकलाई अथिती वक्ताले धन्यवाद ज्ञापन गरेका थिए । आगामि दिनमा जिल्लाका मुख्य व्यापारिक केन्द्रमा यस्ता कार्यक्रमलाई लैजाने सके कला सस्कृतिको जगेर्ना हुने बताएका थिए । आगामि दिनमा स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्दै जाने हो भने जिल्लाको आर्थिक स्तर समेत माथि उठ्दै जानेमा उनिहरुले जोड दिएका थिए । कार्यक्रममा नेपाली काग्रेसका पुर्व जिल्ला कार्य समिती सदस्य विष्णु बहादुर खड्का, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा माओवादि केन्द्रका कार्यालय सचिव मदन कुमार भुल, अछामका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैना, उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष राम बहादुर शाही, पत्रकार महासघ अछामका उपाध्यक्ष जनक भण्डारीले प्रतिबद्धता सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रम समापनको क्रममा गायक टँक तिमिल्सैना, लाल बहादुर थापा, सुशिला थापा, महेन्द्र विक, नरेन्द्र रावलले आफना गित प्रस्तुत गर्नुका साथै कलाकार रोजि कुवरले आफनो नृत्य समेत प्रस्तुत गर्नु भएको थियो । 

समापन कार्यक्रममा बोल्दै मुल आयोजक समिती संयोजक पदम बहादुर धामिले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रायोजक, अथिती कलाकार, जिल्लका राजनितिज्ञ, सरोकारवाला, सञ्चारकर्मि सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अछामका अध्यक्ष भोजराज भाट्को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन नयाँ तारा कलासागर अछामका सचिव केशव भुलले गर्नु भएको थियो । कार्यक्रम एस. बि. रामारोशन फिल्मस प्रा. लि. र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछामको आयोजना र नयाँतारा कला सागर अछामको सह आयोजनामा भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला