2026-10-23 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु

जिवराज बख्रेल/मङ्सिर २४, मकवानपुर ।
मकवानपुरको हाँडीखोला तीन मसिनेमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रान्सफर्मर पड्केर गाउँभरी करेन्ट प्रवाह हुँदा सर्वसाधारणलाई करेन्ट
लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर मृत्यु हुनेमा हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र
अन्दाजी ६० वर्षकी प्रकशानी मोक्तान मोक्तान रहेका छन् , १८ जना घाइते भएका छन् ।

घाइते ह’नेमा मा हाँडिखोला गा.बि.स.वडा नं.३ बस्ने वर्ष ५२ की गोमा मगर ,३२
वर्षिय ठुलीमाया थिङ, २२ वर्षिय सिता दोङ, ३६ वर्षिय मोधराज स्याङतान, १८ वर्षिय प्रभुजन प्रजा रहेका छन
त्यस्तै हाँडिखोला गा.बि.स.वडा नं.४ का ६० वर्षिय ठुलीमाया डिमडुङ, ६४ वर्षिय सिता अर्याल ४८ वर्षिय
चन्द्र बहादुर थिङ पनि घाइते भएका छन ।

त्यस्तै हाडिखोला ४ कै
५१ वर्षिय बिर बहादुर थिङ, ४८ वर्षिय हस्त बहादुर थिङ, ४२ वर्षिय ठुली माया थिङ, ३८ वर्षिय सोम बहादुर
मोक्तान, ३० वर्षिय रण बहादुर लामा, ७० वर्षिय साईली माया घलान र ४० वर्षिय वासना भोलन रहेको छन,
घइतेमध्य हाडिखोला ४ का ३० वर्षिय राज कुमार गोङबा, ७० वर्षिय अक्कल बहादुर भोलन र५० वर्षिय तिर्सना
स्याङबो लाइ भरतपुर पुरानो मेडिकल कलेज रिफर गरीएको प्रहरीले जनाइको छ ।

अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । हाँडीखोलाको वडा नम्बर तीन र चारमा हाइभोल्टेजका
कारण करेन्ट लागेको थियो । त्यस क्षेत्रमा रहेको ट्रान्सर्फमर बिग्रिरए र मंगलबार मात्रै नयाँ
ट्रान्सर्फमर राखेर राति बिजुली छोडिएको थियो ।

रातभर बिजुली
आएपनि बिहानीपख एक्कासी हाइभोल्टेज आएपछि चार्जमा रहेका मोबाइल निकाल्ने तथा बजिरहेको रेडियो टिभी बन्द
गर्ने क्रममा करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने