२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पुल नबन्दा भौतिक पूर्वाधार निर्माणमा बाधा

२०७३, २६ आश्विन बुधबार ०२:१८

असोज २६, खोटाङ | मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल नबन्दा जिल्लाको भौतिक पूर्वाधार निर्माणमा बाधा पुगेको छ । 

सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवनलगायत भौतिक निर्माणमा बाधा पुगेको हो । 

२०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्षभित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको आठ वर्षमा पनि काम हुन सकेको छैन । 

पक्की पुल निर्माणको ठेक्का कालिका कन्ट्रक्सन र गोल्छा अर्गनाइजेसनको हुलास कम्पनीले लिएको हो । 

डिजाइन एप्रुभड, मुआब्जालगायतका कारण २०६६ सालमा सम्झौता गरे पनि २०६९ सालमा मात्र काम सुरु भएकाले ढिलाइ भएको ठेकेदार कम्पनीका आयोजना प्रमुख उद्धव रानाले बताउनुभयो । रानाका अनुसार ढिलाइका कारण करिब रु १० करोडको लागतमा सम्पन्न हुनुपर्ने पुलमा रु १८ करोड लगानी भइसकेको छ । 

पुल नहुँदा निर्माणाधीन मध्यपहाडी लोकमार्गलगायतका जिल्लाका विभिन्न सडक निर्माणमा समस्या भएको छ । 

दिक्तेलदेखि हलेसीसम्मको सडक (४२ किलोमिटर) एसियाली विकास बैंकको रु ८७ करोडको लागतमा अढाइ वर्षमा सकिनुपर्नेमा अहिलेसम्म पनि बन्न सकिएको छैन । यसअन्तर्गत १ नम्बर प्याकेजको सूर्य कन्टक्स, २ र ३ नम्बर प्याकेजको त्रिशूली–नागार्जुन जेवी कन्ट्रक्सनले ठेक्का लिएको छ । 

मुख्य पुल र सडक नबन्दा जिल्लामा विस्तार भएका २४ वटा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक र गाउँस्तरीय गरी ५८६ किलोमिटर सडक पनि सञ्चालनमा समस्या भएको छ । जिल्लामा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक ५८७ वटा र गाउँस्तरीय २१३ वटा गरी ८०० किलोमिटर सडक बनाउने जिल्ला यातायात गुरुयोजना अनुसार सडकको ट्रयाक खोलिए पनि मर्मत गर्न नसक्दा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण