३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा लेडि जेसिजको अध्यक्षमा खरेल

४ पुष २०७२, शनिबार १२:४९

पुस ४,
हेटौंडा ।
हेटौंडा लेडि जेसिजको अध्यक्षमा शोभा खरेल निर्विरोध निर्वाचित हुनुभएको छ । २०१६ का
लागी आज भएको निर्वाचनमा खरेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

२०१२ मा जेसिजमा प्रवेश
गर्नुभएकी खरेल २०१४ मा उपाध्यक्ष र २०१५ मा कार्यकारिणी अपाध्यक्ष भईसक्नुभएको छ । नवनिर्वाचित खरेल
हेटौंडा–२९ नेवारपानीमा रहेको हेटौंडा डेरी ई. प्रालीका एच.आर. एवम् प्रशासकिय अधिकृत हुनुहुन्छ ।
अध्यक्षमा निर्वाचित भएपछी खरेलले जेसिजमा आवद्व जेसिहरुको व्यक्तिगत र संस्थागत विकासको निम्ती सक्रिय
रहने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

उहाँले लेडि जेसिहरुको व्यक्तित्व विकास र क्षमता
अभिवृद्वीको लागी क्रियाशिल रहने बताउनुभयो । महिलाहरु घरायसी काममा मात्र व्यस्त रहनुपर्छ भन्ने
मान्यतालाई पन्छाउँदैं समाजको विकास र सामाजिक कार्यमा पनि महिलाहरुको महत्वपुर्ण भुमिका खेल्नसक्ने
अध्यक्ष खरेलले बताउनुभयो ।
आजभएको साधारणसभाले कार्यकारिणी उपाध्यक्षमा सोफिया फागु र गमला
बोेहरालाई निर्विरोध निर्वाचित गरेको छ भने उपाध्यक्षमा सुस्मा लटौंला, अस्मिता श्रेष्ठ, सपना कडेंल र
एलिसा लामा पनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एवम् हेटौंडा लेडि जेसिज २०१३ का अध्यक्ष
अञ्जना रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा हेटौंडा लेडि जेसिजका पुर्व अध्यक्ष ग्रेस
श्रेष्ठ, निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय उपाध्यक्ष श्रद्वा सिलवाल, बसामाडी जेसिजका अध्यक्ष
बिष्णुहरी पंण्डित, बस्तिपुर जेसिजका अध्यक्ष प्रेम बोलखे, बस्तिपुर जेसिजका निवर्तमान अध्यक्ष बसन्त
सिटौंला लगायतकाको सहभागिता रहेको थियो । लेडि जेसिहरुलाई नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष राजेश
मोहन प्रधानले तालिम दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन