2026-07-25 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लामिटारमा ६ गतेबाट महायज्ञ

पुस २६, मकवानपुर
मकवानपुरको हाँडीखोला–६ लामिटारमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।
श्रीकृष्ण भगवानको मन्दिर स्थापना एवम् अन्य भौतिक संरचना निर्मँणको उद्देश्यले यहि माघ ६ गतेबाट
महायज्ञ सञ्चालन हुन लागेको हो । शनिबार भएको स्थानीयहरुको भेलाले महायज्ञ सञ्चालनको निम्ति मूल समारोह
समिति समेत गठन गरेको छ ।

स्थानीय रामकृष्ण शाही ठकुरी संयोजक
रहेको १७ सदस्यीय मूल समारोह समिति गठन भएको हो । ‘हामी स्थानीयबासिन्दा कै सकृयतामा तिहारमा द्यौसीभैलो
खेलेको पैसा र विभिन्न व्यक्तिबाट संकलन गरिएको एकलाख ८७ हजार रुपैंयाबाट कोटेश्वर महादेव र
पञ्चकन्यादेवी माईको मन्दिर निर्माण ग¥यौँ’, उनले भने, ‘दुईवटा मन्दिर भएकै स्थानमा कृष्ण भगवानको
मन्दिर निर्माण गर्ने र सत्तललगायतका आवश्यक संरचना निर्माणका लागि सप्ताह आयोजना गर्ने निर्णय गरिएको
हो ।’ १४ गतेसम्म सञ्चालन हुने सप्ताहको ६ गते उद्घाटन एवम् कलशयात्रा हुनेछ ।

सप्ताह सञ्चालनको निम्ति गठित मूल समारोह समितिको उपाध्यक्षमा कृष्णबहादुर थिङ, सचिवमा
कमल गौतम, कोषाध्यक्षमा ओमप्रसाद चौलागाईं र सदस्यमा केशव खतिवडा, गोपालबिक्रम राणा, श्याम कार्कीलगायत
रहेका छन् । सप्ताहमा पण्डित नवराज धितालले कथा वाचन गर्ने मूल समारोह समिति कोषाध्यक्ष ओमप्रसाद
चौलागाईंले जानकारी दिए ।

लामिटारको दमारटोलमा रहेको खाली
जग्गालाई धार्मिक क्षेत्र बनाउने उद्देश्यका साथ स्थानीयबासीले सकृयता बढाइरहेका छन् । केही दिन अघि
मात्र कोटेश्वर महादेव र पञ्चकन्यादेवी माईको मन्दिर निर्माण पश्चात उद्घाटन समेत गरिसकेका उनीहरुले
अन्य कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक