२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कर छुट सुबिधा लिन राजश्व कार्यालयको आग्रह

२०७२, २७ पुष सोमबार १३:१४

पुस २७, हेटौंडा । आन्तरिक राजश्व
कार्यालय हेटौंडाले राज्यले दिएको बिषेश सुविधा लिन बिभिन्न व्यक्ति तथा संघ/संस्थालाई आग्रह गरेको छ

आर्थिक ऐन २०७२ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी,
ईन्जिनियर, कानुन व्यवसायी, लेखापरिक्षक लगायतका व्यक्ति तथा संघ/संस्थालाई राजश्वमा बिषेश छुटको
व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत जिवनकुमार न्यौंपानेले जानकारी
दिनुभयो । पुस मसान्त भित्रमा परामर्श सेवा प्रदायक सेवा निबृत्त, बहालवाला वा सार्वजानिक पद धारण गरेका
पदाधिकारी, कर्मचारी, शिक्षक, प्राध्यापक, लगायतका प्राकृतिक व्यक्तिले तिन बर्षको आय विवरण पेश गरेमा
शुल्क तथा ब्याज मिन्हा हुने न्यौंपाने बताउनुभयो ।

आर्थिक बर्ष
२०६८/०६९, २०६९/०७० र २०७०/०७१ को आय विबरण र सो अनुसार लाग्ने कर २०७२ पुस मसान्त सम्म आन्तरिक राजश्व
कार्यालय हेटौंडामा दाखिल गरेमा सबैं खाले शुल्क, जरिवाना तथा ब्याज मिन्हा हुने न्यौंपानेले जानकारी
दिनुभयो । प्रमुख कर अधिकृत न्यौंपानेले पुस मसान्त भित्रमा ३ बर्षको मात्र आय बिवरण पेश गर्नुपर्ने
बताउनुभयो । सो भन्दा अघिका आय विवरणहरु पेश गर्न नपर्ने छुटको व्यवस्था भएको पनि न्यौंपानेले बताउनुभयो

हालसम्म १ सय ३४ जनाले मात्र यो छुट सुविधा लिएको न्यौंपाने
जानकारी दिनुभयो । मकवानपुर जिल्लामा यस्ता प्रकृतिका धेरै करदाता भएपनि छुटको सुविधा नलिएको उहाँले
बताउनुभयो । छुट र मिन्हाको सुविधालाई उपयोग गरेर जरिवानाबाट बच्न न्यौंपाने सम्पुर्णमा आग्रह गर्नुभएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने