2026-10-26 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकसातामै रित्तिए गाउँघर, ज्यामी पाउनै मुस्किल

नबिनबाबु अधिकारी | कात्तिक १, सिन्धुली । हिन्दू नेपालीहरुको महान् पर्व विजयादशमी सकिएसँगै सिन्धुलीका गाउँ अहिले सुनसान जस्तै भएका छन् । दसैँको फूलपातीको दिन गाउँ फर्किएका युवा–युवती धमाधम गाउँ छाड्दा सुनसान जस्तै भएको हो । 

विजयादशमी सकिएसँगै राजधानीलगायत देशका विभिन्न स्थानमा पेसा व्यवसाय गर्दै आएकाहरु गाउँ छाड्दै गरेका हुन् । कृषकलाई गाउँमा दसैँ सकिएपछि यतिबेला कामको चटारो परिसकेको छ । दसैँमा गाउँभर युवाको चहलपहल अहिले नहुँदा खेतीको मौसममा समेत सघाउने युवाको अभाव भएको स्थानीय किसान बताउँछन् । 

दसैँ सकिएपछि घर बस्ने रहर हुँदाहुँदै पनि काम विशेषले गर्दा हतारमा काठमाडौँ फर्कनुपरेको जलकन्या गाविसका ठाकुर धिताल बताउनुहुन्छ । काठमाडौँमा खाजा घर सञ्चालन गर्दै आएका धितालले भन्नुभयो – “मानिसको चहलपहल बढेसँगै आफूहरुको पनि कमाइ हुने भएकाले विजयादशमी सकिएपछि गाउँ छाड्नुपर्ने बाध्यता रहेको छ, घरमा बाली भित्र्याउने, लगाउनेलगायतका काम भए पनि लाखौँ खर्च गरेर सुरु गरेको व्यवसाय समयमा नै सञ्चालन नगर्दा घाटा बेहोर्नुपर्ने भएकाले पनि समयमा नै गाउँ छाडेको हुँ ।” 

उहाँमात्र हैन सिन्धुलीका धेरै युवा दसैँ मानेर कार्यथलो फर्किसकेका छन् । गत वर्षको भूकम्पका कारण ध्वस्त भएको यहाँको बस्ती पुनःनिर्माणको पर्खाइमा रहेको भएपनि पुनःनिर्माणका लागि आवश्यक पर्ने जनशक्तिको अभाव मात्रै छैन गाउँमा अप्ठेरो पर्दा चाहिने मानिसको समेत अभाव हुने गरेको स्थानीय रमेश बुढाथोकीले बताउनुभयो । 

दसैँको केही दिन गाउँ युवाले भरिभराउ भएको भएपनि दसैँ सकिएसँगै आ–आफ्नो कार्य क्षेत्रमा फर्किंदा अहिले गाउँ युवाविहीन बन्न पुगेको उहाँ बताउनुहुन्छ । अहिले गाउँमा रहेका अधिकांश वृद्धवृद्धा र केटाकेटीमात्रै रहेको र बिरामी पर्दा बोक्ने मान्छे छैन, मर्दा जाने मलामी पाउन नै मुस्किल जस्तै भएको छ, उहाँको भनाइ छ । 

सिन्धुलीका अधिकांश युवा राजधानी काठमाडौँका साथै देशका विभिन्न सहर तथा स्थानमा पेसा–व्यवसाय गर्दै आएका छन् । उनीहरु चाडबाडमा मुस्किलले गाउँ पुग्छन् र हतारहतार गाउँका समस्या नसुल्टिँदै छाड्छन् । “दसैँको समयमा युवा गाउँ आउँदा चहलपहल निकै बढेको थियो, तर अहिले आएर भने फेरि गाउँ सुनसान हुन थालिसक्यो”, स्थानीय कुमार कार्कीले भन्नुभयो – अहिले भूकम्पले भत्केका घर निर्माणका लागिसमेत जनशक्तिको अभाव रहेको छ । 

कार्कीले भन्नुभयो – “गाउँमा रोजगारीको अभाव हुँदा यहाँका युवा वैदेशिक रोजगारीका साथै राजधानीलगायत देशका मुख्य सहरमा अवसरको खोजीमा पुग्ने गरेका छन्, आफूले कृषि व्यवसाय गर्दै आएको भए पनि जीवन निर्वाह नहुँदा आफूलाई पनि गाउँ छाड्न बाध्य हुनुपर्ने अवस्थामा आइपुगेको छु, दुःख गरेर उत्पादन गरेको कृषि जन्य उत्पादनको बजार मूल्य नहुँदा र ढुवानी गर्न नसक्दा कृषि क्षेत्र दिक्क लाग्दो अवस्थामा पुगेकाले गाउँमा पहिलेको भन्दा अहिले युवाको सङ्ख्या ह्वात्तै घटेको छ ।” यसबाहेक यातायातको अभाव, परम्परागत कृषिकर्म, गाउँमै अर्थ उपार्जनको स्रोत नहुनुजस्ता कारणले युवा गाउँबाट पलायन भएको उहाँको बुझाइ छ । 

जलकन्या गाविसका ठाकुर धिताल एक प्रतिनिधि उदाहरणमात्रै हुन्, धिताल जस्तै देशका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारी तथा अवसरको खोजी गर्दै पलायन हुँदा गाउँ सुनसान हुन थालेका छन् । गाउँमा रोजगारीको सिर्जना गरी युवा पलायन हुनबाट रोक्नुपर्नेमा यस क्षेत्रका सर्वसाधारणको जोड छ । 

अहिले गाउँमा धान भित्र्याउने बेला भइसकेको छ भने यस्तै गाउँमा नगदे बाली लगाउने समय पनि भइसकेको छ । गाउँमा धान भित्र्याएलगत्तै आलु रोप्ने, गहुँ छर्ने, तोरी छर्ने, लसुन लगाउनेलगायतका बालीनाली लगाउने बेला पनि भइसकेको छ । युवा जनशक्ति नहुँदा गोठमा भएका बस्तुभाउको मल पनि लगेर जमिनमा हाल्न नसकिने अवस्था भएको स्थानीयवासी बताउँछन् । 

कृषि बाली लगाउने र भित्र्याउने कार्य त छँदैछ, बल्लतल्ल उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पु¥याउन समस्या भएको किसान बताउँछन् । बोकेर ढुवानी गर्नु पर्दा किसानले उत्पादन गरेको कृषि खाद्यवस्तु बजारमा ५० प्रतिशत मात्रै आउने गरेको छ । 

समयमा नै बोकेर ढुवानी गर्न नसक्दा आलु, लसुन, प्याज, बन्दा, काउली, सिमी, काँक्रा, फर्सीलगायतका उत्पादित वस्तु कुहिएर जाने गरेको छ । दुःखसुख गरेर लगाएको मेहनतको फल खेर जाँदा कृषि क्षेत्र ओझेलमा पर्दै जाने भएको छ । गाउँमा खनिएका कृषि सडक विकास र विस्तार नहुँदा, कृषि सडकका लागि छुट्याइएको बजेटको सदुपयोग नहुँदा गाउँको कृषि उत्पादन भए पनि बजारको व्यवस्थापन हुन सकिरहेको छैन । 

युवा जनशक्ति गाउँमा नहुँदा गाउँ सुनसान मात्र भएका छैनन्, उर्वर जमिन पनि बाँझो अवस्थामा रहेका छन् । गाउँमै रोजगारको अवस्था सिर्जना गरेमात्र समृद्ध समाजको सपना पूरा हुने ग्रामीण क्षेत्रका बासिन्दा बताउँछन् । सम्बन्धित निकायले चासो नदिँदा र उपयोगी शिक्षा नहुँदा हरेक वर्ष गाउँबाट युवा पलायनको अवस्था भने दोब्बरले वृद्धि हुँदै गएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने