2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आफ्नो माग राख्दा अरुको अधिकार खोस्न मिल्दैनः डा. महत

Ramsaran-mahatपुस ३०, मकवानपुर । पुर्ब अर्थमन्त्री
तथा नेपाली काग्रेशका नेता डाक्टर रामशरण महतले आफ्ना माग हरु राख्दा कसैले पनि अरुको अधिकार खोस्न
नमिल्ने वताउनु भएको छ । मधेशबादी दलहरुलाइ लक्षित गर्दै उहाले यस्तो वताउन’ भएको हो ।

डाक्टर महतको स्वागत तथा सम्मानमा मकवानपुर उद्योग बाणिज्यसंघको आयोजना गरेको
कार्यक्रममा बोल्दै उहाँले मधेसी मोर्चाले आफ्ना अधिकारका लागि माग गर्दै आन्दोलन गर्दा अरु नागरिकका
अधिकारहरु खोस्न नमिल्ने बताउनुभयो । यस मुलुकमा राजनितिक स्वार्थका कारण आन्दोलन नहुने हो भने नेपाल
ठुला मुलुक भन्दा यहाँको अर्थतन्त्र राम्रो हुने भन्दै उहलो अहिलेनै मुलुकले घुडा टेक्ने स्थीती सृजना
नभएको वताउनु भयो ।

तराईको आन्दोलन अराजक रुपमा अगाढी बढीरहँदा
त्यहाँका नागरीकले सास्ती भोग्नुपरेको भन्दै शान्तिपुर्ण रुपमा आन्दोलन गर्न पनि उहाले आन्दोलतरत पक्ष
सँग अग्रह गर्न‘ भएको थियो । उहाँले भन्नुभयो – बालबालिकाहरु बिद्यालय जान पाएका छैनन् । दैनिक जनजिवन
कष्टकर बन्दै गएको छ । त्यसैले मधेशको आन्दोलन शान्तीपुर्ण रुपमा जानु अहिलेको आबस्यक छ ।’ अहिले चार
महिना देखिको नाकाबन्दी र पाँच महिना देखिको आन्दोलनका कारण मुलुकमा ठुलो समस्या परेको उहाँले बताउनुभयो

अब मुलुकमा बन्द हड्ताल त्यागेर राष्ट्रको बिकाशका लागि
उत्पादनमा लाग्नुपर्ने महतले बताउनुभयो । अहिलेको अबस्थामा लगानिको वातावरण सिथील भएको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली काग्रेशकी केन्द्रीय सदस्य तथा सांसद महाँलक्ष्मि डिना उपाध्यायले नाकाबन्दीका कारण
यहाँका उद्योगहरु धरासाहि बन्दै गएको बताउनुभयो । मकवानपुर भएर निर्माण हुने सुरुङमार्ग, फाष्ट्रयाक,
चाँडो निर्माण्(ा हुनुपर्ने उहाँले बताउनुभयो ।

नाकाबन्दीका
कारण उद्योगिहरुलाई परेको घाटा सरकारले मलम लगाउनुपर्ने सांसद उपाध्यायको भनाई छ । कार्यक्रममा राप्रपा
नेपाल मकवानपुरका अध्यक्ष नबराज बिष्ठ, मकवानपुर उद्योग बाणिज्यसंघका एसोयिट सदस्य बिजयकुमार बैद्य
लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष राजकुमार
न्यौपानेको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो