2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जागिरे मानसिकता त्याग गरेर सेवाको भावले काम गर्नुस्

पुस ३०, मकवानपुर । मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद
आचार्यले शिक्षकहरुलाई जागिरे मानसिकता त्याग गरेर सेवाको भावले काम गर्न आग्रह गर्नुभएको छ । नगर
स्तरीय शैक्षिक समन्वय समितिको आज भएको २२ औँ साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि
शिक्षा अधिकारी आचार्यले शैक्षिक क्षेत्रमा राम्रा मान्छेलाई हाम्रा मान्छे भन्नु पर्ने र हाम्रा
मान्छलाईमात्र काखी च्याप्ने परम्परा त्याग्न शिक्षक नेताहरुलाई आग्रह गर्नुभयो ।

नयाँ
शिक्षकहरुको पोष्टिङका क्रममा विषय परिवर्तनको कुरा नगर्न पनि शिक्षक संघसंगठनहरुलाई उहाँले अनुरोध
गर्नुभयो । उहाँले मकवानपुरलाई शैक्षिक गन्तव्यको रुपमा केन्द्र बनाउन सबै लागि पर्नुपर्ने बताउदै
मकवानपुरलाई साक्षर जिल्ला घोषणा गर्न नसकिउकोमा चिन्ता व्यक्त गर्नुभयो ।

शैक्षिक समन्वय
समितिका अध्यक्ष गणेश हुमागाइँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समितिका अध्यक्ष तथा
स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा, हेटौँडा उपमहानगरिपालिकाका कार्यकारी अधिकृत सुदेव कुमार
पोखरेललगायत शिक्षक संघसंगठनका प्रतिनिधिहरको उपस्थििति रहेको थियो । सो अबसरमा सेवा निबृत्त
शिक्षकहरुलाई सम्मानपत्र पनि प्रदान गरिको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो